Covid-19 Update

Wednesday, August 29, 2018

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?


काठमाडौं देशमा बलात्कारका घटना दिन दुई गुणा रात चौगुणा बृद्धि भईरहेको छ । पछिल्लो एक महिनाको मात्र तथ्यांक हेर्ने हो भनेपनि यस्ले बिकराल रुप लिएको छ । मंगलबार मात्र देशभर १ दर्जन बढी बलात्कारका घटना सार्बजनिक भएका छन । फितलो कानुनका कारण बलात्कारका घटना बृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ । ६ महिनादेखि ७५ बर्ष उमेर सम्मका बालिकादेखि बृद्धा सम्म बलात्कारको शिकार भएका छन । बलात्कारीलाई फाँसीको माग गर्दै महिला अधिकारबादीहरु आन्दोलनमा रहेका छन । केही सातादेखि बलात्कारका बिरुद्ध पेटीकोट आन्दोलन र बिरोधमा केश मुण्डन सम्मका कार्यक्रमहरु भईसकेका छन ।

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

बलात्कार सम्बन्धी नेपालमा कानुन के छ?
देशमा अहिले नयाँ मुलुकी अपराध संहिता लागू भएको छ । जसमा जबर्जस्ती करणीपछि हत्या गरे आजीवन जेल बस्नुपर्नेछ भने जन्म कैदको हालको व्यवस्थामा पाँच वर्ष थप गरी २५ वर्ष र्पुयाइएको छ । गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २१९ मा भएको बलात्कारसम्बन्धी व्यवस्थाले करणीसम्बन्धी कसुरमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद १० वा १० भन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्मको कैद, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष कैद, १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद, १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैदको सजाय उल्लेख गरिएको छ ।

बलात्कारीलार्इ कुन देशमा कस्तो सजाय ?
छिमेकी देश भारतमा रियरेस्ट अफ द रियरको घटनामा फाँसीको सजाय सुनाइन्छ । बालिकामाथि हुने बलात्कारमा पोक्सो एक्टअनुसार मुद्दा दायर हुन्छ । यो कानुनमा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई १० वर्षदेखि आजीवन कारवासको सजायको प्रवाधान छ ।

मलेसिया: यहाँ बालबालिकामाथि हुने यौन हिंसाका अपराधीलाई ३० वर्ष जेल र कोर्रा लगाउने सजायको प्रावधान छ ।
सिंगापुर: सिंगापुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई २० वर्षको जेल, कोर्रा लगाउने र जरिवाना तिराउने सजाय छ ।
अमेरिका: अमेरिकामा पहिला बालिकामाथि हुने यौन हिंसामा मृत्युदण्ड हुने कानुनी प्रावधान थियो। तर, क्यानेडी बनाम लुइसियाना घटनामा मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो। अहिले अमेरिकामा मृत्युदण्डको व्यवस्था छैन। यद्यपि बालिकामाथि हुने यौनहिंसामा अपराधीलाई दिने सजाय राज्यअनुसार फरक फरक छन्।
फिलिपिन्स: सबैभन्दा कडा कानुन भएको देश हो फिलिपिन्स । बालिकामाथि यौन शोषण भएको प्रमाणित भएमा ४० वर्षसम्मको जेल सजाय हुन्छ ।
अस्ट्रेलिया: यहाँ बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई कम्तीमा १५ वर्षदेखि बढीमा २५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ।
क्यानडा: क्यानडामा बालयौनशोषण गर्नेलाई १४ वर्षको जेल सजाय हुन सक्छ ।
इंग्ल्याण्ड: बालिकामाथि बलात्कार गरेको प्रमाणित भएमा छ वर्षदेखि १९ वर्षसम्म जेल अथवा आजीवन कारावास हुनसक्छ ।
जर्मन: बलात्कारपछि बालिकाको मृत्यु भएको खण्डमा आजीवन कारावास सजाय हुन्छ। बलात्कारका लागि मात्रै १० वर्षसम्मको सजाय हुने कानुनी प्रवाधान छ ।
दक्षिण अफ्रिका: बालिकालाई बलात्कार गरेको दोषी पाइएमा पहिलो पटक १५ वर्ष, दोस्रो पटक २० वर्ष र तेस्रो पटक २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।

एमनेस्टी इन्टरनेसनलको २०१३ को रिपोर्ट अनुसार आठ देशमा बालबालिका विरुद्धका अपराधीहरूलाई मृत्युदण्डको सजाय दिने कानुनी प्रावधान छ । चीन, नाइजेरिया, कंगो, पाकिस्तान, इरान, साउदी अरब, यमन र सुडानले बालबालिकाविरुद्धका अपराधीलाई मृत्युदण्ड दिने गरिएको छ । तर नेपालमा त्यो ब्यबस्था छैन । पछिल्लो समय बढदो बलात्कारका घटनालाई मध्यनजर गरी बलात्कारीलाई फाँसीको सजाय माग गर्न थालिएको छ ।

 नेपालमा फाँसीको ब्यबस्था सम्भव छ ?
नेपालको संबिधानमा तत्काल बलात्कार सम्बन्धी ऐन कानुन निर्माण भएको र बलात्कार सम्बन्धी फाँसी दिने कुरा उल्लेख नभएका कारण यो माग तत्काल पुरा हुने अबस्था छैन । तथापि यो बिधेयक संसदमा पेश गरेर बहुमतले यो निर्णय पास गर्ने हो भने त्यो नहुने नै भन्ने अबस्था चाँहि छैन । धेरै ऐन नियम संशोधन भईसकेका र हुने क्रममा रहेका कारण यो बिषय पनि नहुने बर्जित भने होईन । लगातारको आन्दोलनका कारण नेपालमा बिभिन्न समयमा ब्यबस्था परिबर्तन भएको इतिहास साक्षी भएका कारण यो नहोला भन्न सकिने अबस्था चाँहि छैन ।

सामूहिक बलात्कार मुद्दामा सर्वोच्चले उल्ट्यायो नजिर
सर्वोच्च अदालतले सामूहिक बलात्कारको मुद्दामा कसुरदारले अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपछि पुनः होइन भनेकै आधारमा सफाइ दिन नमिल्ने फैसला गरेको छ । अछामको जनालीकोटमा सामूहिक बलात्कारको घटनामा कारागार चलान भएका अभियुक्त डिल्ली स्वाँरसहित चारजनाले दायर गरेको पुनरावेदन रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतले कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरेकै आधारमा मात्र सफाइ दिने हो भने न्याय व्यवस्थाको उपहास हुन जाने फैसला गरेको छ ।

कुनै पनि वारदात सम्बन्धमा भएको अनुसन्धानको नतिजा नै कसुर भएनभएको तथ्य निर्धारण गर्ने महत्वपूर्ण कसीका रूपमा रहेको छ । पछि कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरेकै आधारमा सफाइ दिने हो भने न्यायको उपहास हुन जान्छ ।

Tuesday, August 21, 2018

मह के हो ? यसका फाइदा र बेफाइदा अनि खादाँ ध्यान दिनुपर्ने कुरा


काठमाडौं - मौरीहरूले विभिन्न प्रजातिका वनस्पति तथा जडिबुटी सहितको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ

आयुर्वेदिक औषधीय गुण भएको 'खाए पनि ठीक लाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।

शक्तिबर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण धुलो एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

मह के हो ? यसका फाइदा र बेफाइदा अनि खादाँ ध्यान दिनुपर्ने कुरा
शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ । दैनिक खानमा पोषिलो तìवको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आˆना बाल-बालिकाहरूलाई रोग न्युनीकरणका लागि पनि हरेक दिन आयुर्वेदिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ

दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ । विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

नामै मह, नामै काफी भएको यो अमृत समानको मह खान जान्नेहरुका लागि त अमृत होला तर खान नजान्नेहरुले जथाभावी खादाँ भने बिष बराबर हुने गर्दछ ।

हाम्रो गाउँ घरमा सहजै पाउन सकिने यो अमृतको धेरै कथन छ । गुलियोमा पनि साहै स्वादिलो गुलियो मानिने र पोषकमा पनि उच्च स्तरको पोषक मानिने यो बस्तुलाई धेरैले जानेर नजानेर खाने गर्दछ ।

महको सहि प्रयोगले मानिसलाई शरिरमा स्फुर्तीका साथै शारिरीक सुगठनमा सहयोग गर्दछ भने यसको सही प्रयोग गर्न नसक्दा शरिरलाई बेफाइदा मात्र गर्दछ । यौन क्षमतामा समेत प्रभावकारी मानिएको यो बस्तु शरिरको तौल घटाउन र बढाउन समेत प्रयोग गरीन्छ ।

घर, बन र भिरमा गरी पाइने यो महले नियमीत सेवन गर्दा स्मरण शक्तिमा समेत क्षमता बृद्वि हुने गर्दछ । उता महले खोकी तथा कब्जियत जस्तो रोग समेत निको हुने गर्दछ । त्यस्तै गरी मह अल्सर भएकाहरुका लागि समेत गुणकारी मानिन्छ ।

महले थकान कम गर्दछ । यदी तपाई गर्मीको बेला मह खान चाहनु हुन्छ भने तातोपानी, दही, चिनी र कफी खानु राम्रो मानिदैन । दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु शरिरको लागि अत्यन्तै राम्रो मानिन्छ ।

महसंग खान हुने यी खानेकुरा जसले धेरै लाभ तथा फाइदा गर्दछ 


१) अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सञ्चो हुन्छ ।
२) पाकेको आँपको रसमा मह मिसाएर खानाले जोण्डीसको रोगिलाई लाभदायी हुन्छ
३) तपाईलाई भोमिट भयो भने पतेनाको रसमा मह मिसाएर खाए लाभकारी हुन्छ ।
४) यदी तपाईका छाला शुख्खा छ भने महमा दूधको तर र बेसन मिसाएर लगाउनाले फाइदा हुन्छ ।
५) एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६) मह नित्य सेवनले निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७) प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ । साथै आंतमा जमेको विजातीय द्रव्यहरु हटाएउन मर्दत गर्छ ।
८) हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९) पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सरमा महलाई दूधको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०) सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११) महले मांसपेशिहरु बलवती हुन्छ ।
१२) बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३) अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास प्रश्वासका समस्या भएकाहरुलाई फाइदा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४) सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई चम्चा मह फीटेर तयार गरेर छालामा दल्नाले फाइदा हुन्छ ।
१५) कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले लाभ हुन्छ ।
१६) अम्बा र अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।
१७) मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खादाँ मोटोपना नियन्त्रण गर्न सकिन्छ ।

महसंग खान नहुने यी खानेकुरा जसले हानी गर्दछ 

१) मह संग कहिल्यै माछा, मास खानु हुदैन । यसरी संगै खादा बिष खाए बरावर नै हुन्छ ।
२) महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक मान्निछ ।
३) चिया र कफी संग कहिल्यै मह सेवन गनु हुन्न ।
४) महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
५) घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
६) चिनीमा मह मिसाउनु विष सरह नै मान्निछ ।
७) तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
८) निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
९) अत्याधिक महको उपभोग पनि हानिकारक मान्निछ ।
१०) मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु राम्रो होइन ।
११) एकै पटक धेरै मह सेवन गर्न पनि हानिकार मान्निछ ।
१२) दिनमा २ देखी ३ चम्चा सम्म मह खानु राम्रो हो । यदी बच्चा बच्चीहरुको लागि हो भने २५ ग्राम र ठुला ब्यक्तिले ५० ग्रामसम्म मह सेवन गर्नु राम्रो हो ।
१३) ज्वरो आएको समयमा महका साथै दूध र घिऊ सेवन विष समान हो ।
१४) कोही कसैले बिष खाएको बेला मह सेवन गरयो भने झनै बिषको प्रभाव बढेर मानिसको मृन्यु हुने गर्दछ ।


मह खादाका हुने फाइदा

धेरै फाइदा रहेको महको बेफादा पनि त्यस्तै छ तर यसलाई सही रुपमा प्रयोग गरीयो भने बेफादा भन्दा फाइदा बढी लिन सकिने आयुवैद्य बिज्ञहरुको भनाई रहेको छ । त्यसो भए के गर्दा महले बेफादा गर्छ त ?

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी

मौरीले समयानुकुल विभिन्न वनस्पतिको परागबाट मह बनाउने गर्दछ । त्यसैले वनस्पति अनुसार महको औषधिय गुण पनि अलग अलग हुने गर्दछ ।

जस्तैकी नीमको फुलबाट मौरीले बनाएको मह आँखाका लागि उपयुक्त मान्निछ भने जामुनको फुलबाट मौरीले बनाएको महले मधुमेह, हृदयघात, उक्त रक्तचाप रोगको लागि फाइदाजनक हुने गर्दछ ।

वसन्त ऋतुमा पाइने वनस्पतिको फुलबाट बनेको मह सर्वोत्कृष्ट मानिदै आएको छ । शहर वा घर आँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबै भन्दा उपयुत्त मान्निछ । 

यदी तपाइले मह खाँदै गर्दा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाएको खण्डमा पनि शरिरलाई आराम मिल्छ भने एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्ने गर्दछ ।


मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने ?

मह शुद्ध छ कि छैन भनेर थापा पाउने विभिन्न तरिका छन् । 
- शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ भन्ने गरिन्छ । 
- सिक्कामा मह दलेर पछाडिबाट टुक्कीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । 
- शुद्ध मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले जे पनि खान सक्छन् । 
- अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् ।

हेपाटाइटिस के हो ? यसका प्रकार, लक्षण, तथ्यहरु र बच्ने उपाय


काठमाडौँ - हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसका कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ए बी, सी, डी र इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् ।
हेपाटाइटिस के हो ?  यसका प्रकारलक्षणतथ्यहरु र बच्ने उपाय

मानव शरीरको महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोमा
हेपटोट्रोपिक भाइरसका कारण हुने संक्रमणलाई भाइरल हेपटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ । एउटा हेपटोट्रोपिकर अर्को नन-हेपटोट्रोपिक। हेपटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘, बी, सी, डी र ईपर्दछन् । यसले कलेजोलाई मात्र असर गरेपनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्‍याउँदैंनन् । नन-हेपाटोट्रोपिक भाइरसअन्तर्गत हर्पिस सिम्लेकइब्स्टेनवारभाइरस पर्दछन् । यिनले भने कलेजोका साथै शरीरका अन्य भागलाई पनि असर पुर्‍याउँछन् ।
रोग सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ए र ईपर्छन् । यो बिशेषगरी प्रदुषित पानी तथा खानेकुराबाट सर्छ । यसले तुरून्त असर गरेपनि दीर्घकालीन असर भने गर्दैन ।
अर्को समूहमा बी, सी र डी पर्छन्। यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ वा आमाबाट बच्चामा सर्छ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असर समेत गर्छ । हेपाटाइटिस बी एचआइभी-एड्सभन्दा पनि खतरनाक भनेर प्रचार गरिएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र आफै‌ निको भएर जान्छ । बाँकी १० प्रतिशतमा यसले नरम कलेजोलाई कडा पार्दै लान्छ । जसलाई लिभर सिरोसिसभनिन्छ । लिभर सिरोसिस भएर पछि क्यान्सर हुने संभावना हुन्छ ।
हेपाटाइटिस ए र ई
हेपाटाइटिस ए एक जीर्ण संक्रामक रोग हो । हेपाटाइटिस ए इन्टेरो भाइरसको कारणले गर्दा कलेजोमा संक्रमण हुने गर्छ । बिशेषगरी यो भाइरस बालबालिकामा बढी र वयस्कहरुमा कम देखिन्छ । बालबालिकाले संक्रमित दिशा भएको पानी या खानेकुरा खाएमा यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । जस्तै स्कुले बालबालिकालाई ।
हेपाटाइटिस ए र ई दुवै आर एन ए हुन् । हेपाटाइटिस ए बढी मात्रामा बालबालिकामा देखिन्छ भने हेपाटाइटिस इ चाँही वयस्क र विशेष गरी गर्भवति महिलामा बढी असर गरेको देखिन्छ । संसारमा हेपाटाइटिस ए विरुद्धको खोप बनिसकेको छ भने हेपाटाइटिस इ विरुद्धको खोप अझै बनिसकेको छैन् ।
लक्षण
अरू हेपाटाइटिस रोगहरूको जस्तै यसको लक्षणहरू शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आँखा र छाला पहेँलो हुने (जण्डिस), पेट दुख्नुको साथै रुघा खोकीको जस्तो लक्षणहरु देखिन्छन् । 
दुवै भाइरस संक्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ । हेपाटाइटिस ए र इ कोे संक्रमित व्यक्तिको जुठो खानाले पनि फैलन सक्छ । एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन ।
रोकथाम
हेपाटाइटिस ए रोकथामको लागि खोप प्रभावकारी हुन्छ । रोकथामका अन्य उपायहरूमा राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउएर खाने र उमालेको शुद्ध पानी पिउने । 
वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ । बिरामीले खानेकुरामा मुख बार्नु पर्दैन तर धेरै चिल्लो खानेकुरा नखाने र सजिलै पच्ने खाने कुरा खानुपर्दछ । यो रोग कुनै औषधी उपचार नगरेर पनि आँफै सन्चो हुन्छ । जटिल रुप लिएमात्र अस्पताल भर्ना गर्नुपर्दछ ।
हेपाटाइटिस बि, सि र डि
हेपाटाइटिस बि मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । हेपाटाइटिस सि भन्दा  १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक भएकोले पनि हेपाटाइटिस बिलाई बढी खतरनाक मानिन्छ ।
विश्वमा ४० करोड व्यक्ति यस रोगको सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वा लिभर क्यान्सरबाट पीडित छन् भने धेरैकोे अकालमा मृत्यु भइरहेको छ ।
हेपाटाइटिस बि भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबिभीका रुपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् । लक्षण र बिनालक्षणबाट प्रभावित बिरामी ९५ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् । 
आमाबाट बच्चामा सर्ने हेपाटाइटिस बि ९० प्रतिशत क्रोनिक हुन्छ, त्यसैले ९० प्रतिशत आजिवन रोगको सिकार हुन्छन् ।
लक्षण
लक्षणका हिसाबले हेपाटाइटिस बि रोग दुई किसिमका एक्युट र क्रोनिक हुन्छ । एक्युट हेपाटाइटिस बिको ७५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने २५ प्रतिशत संक्रमितमा हेपाटाइटिस ए जस्तै लक्षणहरु देखा पर्छन् । यीमध्ये १ प्रतिशत जति बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन सक्छ ।
क्रोनिक हेपाटाइटिस बी बिरामीको शरीरमा हेपाटाइटिस बिका भाइरस नगन्यदेखि प्रसस्त मात्रामा हुन्छन् । एक्युट हेपाटाइटिस बि भएका संक्रमितबाट ५ देखि १० प्रतिशतलाई मात्र क्रोनिक हेपाटाइटिस हुने गर्दछ । सुरुको २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन् । अन्त्यमा गएर लिभर सिरोसिस (कलेजो कडा हुने अवस्था), लिभर क्यान्सर र लिभर फेलर भएर मृत्यु हुन्छ ।
उपचार
क्रोनिक हेपाटाइटिस बिको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोको कोषिकालाई नष्ट हुन दिनबाट बचाउने र लिभर सिरोसिस,  लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउने हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बिको भाइरसलाई वृद्धि हुनबाट रोक्छन् ।
अहिले पत्ता लागेको एण्टि भाइरल औषधीले एचबिइएजीलाई नेगेटिभ बनाउँछ र एचबिभी डिएनए भाइरल लोड घटाउँछ । र थोरै प्रतिशत बिरामीमा भाइरसलाई निर्मुल पार्छ ।
हेपाटाइटिस बिको उपचारभन्दा रोकथामका लागि ध्यान दिनु सबैभन्दा राम्रो उपाय मानिन्छ । र हेपाटाइटिस बिको भ्याक्सिन लगाउनु हो । साधारण तया हेपाटाइटिस बि भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ ।
स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्स लगायत सबै स्वास्थ्यकर्मी एवम् सहयोगीहरुले युनिभर्सल प्रेस्कृब्सन अपनाउनु पर्छ । 
हेपाटाइटिस सि
यो आरएनए फ्लभि भाइरसबाट संक्रमण हुने रोग हो । दुई किसिमका एक्युट र क्रोनिक हेपाटाइटिस सीमध्ये २० प्रतिसतलाई एक्युट हुन्छ भने ८० प्रतिशतलाई आजिवन क्रोनिक हेपाटाइटिस सी हुने गर्दछ । यो रोगले सुरुमा कुनै लक्षण नदेखाउने हुनाले बिरामी भएको थाहा नै हुँदैन । धेरै जसो स्वास्थ्य परीक्षण गर्दा र रक्तदान गर्दा रक्त परीक्षणपछि मात्र रोग सरेको थाहा हुन्छ । 
एचआईभी र हेपाटाइटिस बिजस्तै हेपाटाइटिस सीपनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना एकदम कम रहन्छ ।
धेरै जसो लिभर सिरोसिस क्यान्सर र लिभर फेलिएर भएपछिमात्र हेपाटाइटिस सि ले भएको रहेछ भन्ने थाहा पाउँछन् । हेपाटाइटिस बि ले भन्दा सि ले छिटो लिभर खराब गराउँछ । 
जापान र इटालीमा लिभर क्यान्सर गराउने मुख्य श्रोत नै हेपाटाइटिस सि हो । यो रोग सबैभन्दा बढी इजिप्ट र चाइनामा छ भने सबभन्दा कम जापानमा छ । हेपाटाइटिस सिको पत्ता लगाउनु पहिला यसलाई नन् ए र बि हेपाटाइटिस भनिन्थ्यो । विश्वमा २० बरोड जनसंख्या यो रोगबाट संक्रमित छ । र नेपालमा पनि यो रोगको भयाभह स्थिति छ ।
लक्षण
यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने लक्षण हुन सक्छ । 
केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मुल पारिदिन सक्छ । ८० प्रतिशत भन्दा बढी केही थाहा नपाइकन आजिवन रोगको क्यारीयर वा क्रोनिक हेपाटाइटिस भएर लामो समय बाँच्छन् ।
उपचार
हेपाटाइटिस सीको उपचार हेपाटाइटिस बीको भन्दा सजिलोे छ । र पछिल्ला वर्षहरुमा धेरै औषधी अनुसन्धान भई पत्ता लागेका छन् । औषधीको सहि प्रयोग गर्दा बिरामी पूर्ण रुपमा निको हुन्छ ।
यसको उपचारमा प्रयोग गरिने औषधी जेनोटाइप अनुसार हुन्छ । पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उहि पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ ।
हेपाटाइटिस बि को १० प्रकारको जेनोटाइप हुन्छन् भने सि को ६ प्रकारका जेनोटाइप पत्ता लागेका छन् । हेपाटाइटिस बिको तुलनामा १ सय प्रतिशत रोग निको हुन्छ । 
हेपाटाइटिस डि
हेपाटाइटिस डि इन्कम्प्रिट आरएनए भाइरसको संक्रमणको कारणले गर्दा यो रोग लाग्दछ । र यो भाइरस एक्लै बाँच्न सक्दैन । यो रोग शरीरमा फैलिन अथवा भाइरसको वृद्धि हुन हेपाटाइटिस बि सँगसँगै हुनुपर्दछ । हेपाटाइटिस बि भएको व्यक्तिमा यो भाइरस थपिँदा कलेजो छिटो खराब हुन्छ । क्यान्सर र कलेजो खराबको जटिल अवस्था आउँछ ।
उपचार
हेपाटाइटिस बिको उपचार राम्रो गरेमा यो रोग पनि राम्रो हुन्छ । अन्यथा हेपाटाइटिस डीको अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण नै एउटा मात्र समाधान रहेको छ ।
यसले के गर्छ?

हरेपाटाइटिस  हेपाटाइटिस बि र हेपाटाइटिस सि ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउदछ र मानिसको अकाल मृत्यु हुन्छ ।

कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस बि र हेपाटाइटिस सि ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभि एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण  यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बि को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सि को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।
हरेपाटाइटिस-बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बि दिर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
भाइरल हेपाटाइटिसबारे बिश्वब्यापी तथ्यहरु 
- हेपाटाइटिस बि र सि बाट हुने मृत्युदर एचआइभि एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
- कलेजोको क्यान्सरबाट मृत्यु हुने तिन मध्ये दुईको कारण हेपाटाइटिस बि र सि हुन् ।   
- संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थहा नै छैन ।
- एकहजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
- क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
- नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस C अनुमान गरिएको छ ।
भाइरल हेपाटाइटिस बी र सी बाट सर्ने कारण तथा बच्ने तरिकाहरु 
- संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस बि र सि को परिक्षण गर्ने । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
- आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
- रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बि र सि को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
- मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
- ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । हेपाटाइटिस सि मा यो संभावना बढी हुन्छ।)
- ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस बि भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।
कसरी सर्छ ?
बच्चा जन्माउँदा आमाबाट। संक्रमित आमाबाट बच्चा भएको अवस्थामा बच्चालाई रोग लाग्नसक्ने सम्भावना धेरै हुन्छ। लागिसकेको छैन भने इम्युनोग्लोबिन र पछि खोप दिएर संक्रमणमुक्त राख्न सकिन्छ।
संक्रमित व्यक्तिसँगको संसर्गबाट। रोगबाट संक्रमित व्यक्तिसँग बिनासावधानी सम्पर्कबाट सर्ने सम्भावना बढ्छ। संक्रमित व्यक्तिले प्रयोग गर्ने निजी साधन, जस्तैदारी काट्ने सामान, रुमाल, नङ काट्नेबाट पनि रोग सर्छ।
असुरक्षित यौन सम्पर्क। संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना बढ्छ। खोप लिएको अवस्थामा भने सर्ने सम्भावना अपवादमा मात्र रहन्छ। अप्राकृतिक तरिकाबाट सम्पर्क गर्ने व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ।
संक्रमित रगतको सम्पर्कबाट। यदि कतैबाट संक्रमित व्यक्तिको रगतसँग सम्पर्क भए सर्न सक्छ।
अन्त्यमा
हेपाटाइटिस बि र सि संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण पूर्वी एसियाको चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसंख्या यो रोगबाट ग्रस्त छन् । 
हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारमा मेडिकल डिजिजमा मानिसको ज्यान लिने यो आठौँ ठुलो रोग हो ।
नेपालमा अब हेपाटाइटिस ए को भ्याक्सिन पनि नेपाल सरकारले निशुल्क उपलब्ध गराउन जरुरी देखिन्छ । सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाएजस्तै हेपाटाइटिस बी को सबै नेपालस्लाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी राम्रो र शुद्ध खानेपानीको व्यवस्थ गर्न राष्ट्रको निर्सत दायित्व भएको छ ।  
हेपटाइटिस भयो भने जण्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउने जस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ । जसका कारण रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । सरकारले जनचेतनामुलक कार्यक्रममार्फत् खानाप्रतिको धारणाबारे आमसमुदायलाई स्पष्ट पार्नु जरूरी छ ।
जण्डिस रोग होइन । यो रोगको लक्षण मात्र हो । उपचार गरेर त्यसको निदान गर्नुपर्छ । यसबारेमा हामीले न बिरामीलाई राम्ररी बुझाउन सकेका छौं, न त उनीहरूका परिवारलाई । सरकारले यसतर्फ ध्यान दिन जरूरी छ ।
आजको यस आर्टिकलमा हामी तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस बि र हेपाटाइटिस सि का बारेमा चर्चा गर्दैछौं । 
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस अनुमान गरिएको छ । हेपाटाइटिस बि र हेपाटाइटिस सि का कारण हरेकबर्ष संसारमा तेह्रलाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 

Thursday, August 2, 2018

मोबाइल हरायो भने अब अनलाइनबाटै दर्ता मिल्ने


काठमाडौँ - मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ । 
मोबाइल हरायो भने अब अनलाइनबाटै दर्ता मिल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो । 

तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपी (eir.nta.gov.np) मा लग इन गर्नुपर्नेछ । यसरी लग इन गरिसकेपछि त्यसको तलपट्टी रहेको साइन अप बटन क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाइँलाई दुईवटा विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये मोबाइल हराएको अवस्थामा रातो रङको पृष्ठभूमिमा लेखिएको इन्डिभिजुअल एप्लिकेसनमा क्लिक गरेपछि त्यहाँ उल्लेख विवरण भर्नुपर्ने छ । 

विवरणमा मोबाइलको आएमईआई, इएसन अथवा एमइआईडी नम्बरमध्ये कुनै एक उल्लेख गर्नुपर्नेछ । त्यस्तै हराएको मोबाइलको ब्रान्ड नाम, मोडल नम्बर पनि त्यहाँ आवश्यक पर्छ । एकै पटक दुईवटा मोबाइल हराएको छ भने पनि त्यसको विवरण भर्न सकिने सुविधा उक्त अनलाइनमा रहेको छ । 

हराएको व्यक्तिले यसरी अनलाइन दर्ता गर्दा आफ्नो नागरिकता, पासपोर्ट अथवा परिचय खुल्ने कार्डको स्क्यान कपी भने राख्नुपर्नेछ । अन्त्यमा इमेल राखेर त्यसलाई सबमिट गरेपछि त्यो खोज्ने प्रक्रियामा अघि बढ्छ । 

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यसरी प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी दूरसञ्चार सेवा प्रदायकसम्म पु¥याइन्छ । सेवा प्रदायकले पनि उक्त मोबाइल प्रयोगमा रहेको अवस्थामा पत्ता लगाउन सजिलो हुने भएकोले त्यहाँ पहिले उक्त जानकारी उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

त्यसपछि उक्त जानकारी अनलाइन मार्फत नै प्रहरीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । सबै प्रक्रिया अनलाइनमै हुने भएकोले हराएको व्यक्तिले फरक फरक ठाउँमा धाउनुपर्ने समस्या नहुने उहाँले बताउनुभयो । कागजी रूपमा हराएको मोबाइलको दर्ता प्रक्रिया छोट्याएर अनलाइनबाटै छिटो सुविधा उपलब्ध गराउन यसलाई कार्यान्वयनमा ल्याइएको हो, उहाँले भन्नुभयो । 

हराएको मोबाइल पत्ता लागेपछि प्रहरी कार्यालय अथवा प्राधिकरण आफैले सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिने व्यवस्था हुने पनि प्रवक्ता अर्यालले बताउनुभयो । प्राधिकरणले अनलाइनबाटै दर्ता सुरु गरे पनि यो अझ पूर्ण रूपमा तयार हुन केही बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी अपुरो रहेमा अनलाइनमार्फत नै सचेत गराउने व्यवस्था पनि यसमा गरिएको छ । यसबाहेक मोबाइल ब्लक गर्नुपर्ने र ट्रयाक गर्नुपर्ने भएमा पनि त्यसको सुविधा यसमा थप गरिएको छ ।

Wednesday, August 1, 2018

राजनीतिक तरङ्ग ल्याउने मार्सी चामलको कथा


काठमाडौं – सामाजिक सञ्जालमा चर्चा हुनुभन्दा पहिला धेरै नेपालीलाई मार्सीबारे थाहै थिएन । पछिल्लो समय मार्सीको चर्चा राजनीतिसँग जोडेर पनि भएपछि यसको ब्रान्डिङसमेत भएको छ ।

राजनीतिक तरङ्ग ल्याउने मार्सी चामलको कथा
झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाउँदै गरेको एर फेसबुकमा हालेसँगै मार्सीले देश तताएको हो ।

सरकारलाई ठोक्ने मार्सी

प्रसाईको घरमा मार्सीको भात खाएपछि ओली र प्रचण्डलाई कांग्रेस, विवेकशील डा. गोविन्द केसीका समर्थकले माफियासँग मिलेको भन्दै कटाक्ष गर्ने क्रम रोकिएको छैन ।
नेपाली राजनीतिमा तरङ्ग ल्याउन सफल मार्सीले त्यही एउटा फोटोका कारण करोडौँ लगानी गर्दा पनि नमिल्ने ब्रान्डिङपाइरहेको छ । एकातिर दुईतिहाइ बहुमतको सरकारलाई आलोचना गर्ने गतिलो हतियार भएको छ भने जुम्लाको सिञ्जादेखि राजधानीसम्म मार्सी भित्रने क्रम पनि बढेको छ ।

मार्सीको भात खाएकै कारण प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड तारो बनेका छन् । दुर्गाजीको घरमा गएर प्रचण्डजी र मैले मार्सीको भात खाएकै हौँ’, केही दिनअघि नेकपा अध्यक्ष ओलीले धुम्बाराहीमा भनेका थिए, ‘खासै मिठो हुँदो रहेनछ, ठेट्नो, ठेट्नो, मार्सीको भात खानु गल्ती थिएन, खाएपछि फेसबुकमा फोटो हाल्नु चाहिँ गल्ती भयो ।

नेपाली राजनीतिमा तरङ्ग ल्याउने मार्सीले समाजिक सञ्जाल रंगिएका छन् । ओलीदाहालले मार्सीको भात खाएसँगै सर्वसाधरणको ध्यानसमेत यसले खिचेको छ । अन्य धानको चामल भन्दा झण्डै तीन गुण महंगो यही मार्सीकै नाममा सडकदेखि संसदसम्म सरकारको आलोचना भइरहेको छ ।

मार्सीका पारखी बढे

यसअघि जुम्ला र त्यस आसपासमा सीमित यो मार्सी धानको चामलले सर्वसाधरणलाई तानिरहेको छ । अधिकांश नेपालीको कान नपरेको मार्सीको चर्चाले यसको भात चाख्ने पनि राजधानी सहरमा बढेका छन् ।

आचोलनात्मक टिप्पणीले नै मार्सीको विज्ञापन भएको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा मार्सीबारे दैनिक समाचार बनेका छन्, कार्टुनसमेत छापिएका छन ।

यसअघि थाहा नपाएकाले थाहा पाएका छन्, नखाएकाले खाएका छन्, मार्सीकोे माग ह्वात्तै बढेको छ । लोप हुन लागेको मार्सीले फेरि नयाँ जीवन पाएको छ । सस्तो र स्वादिलो जातको मन्सुली, मसिनो र बास्मती चामललाई मार्सीले चुनौती दिन थालेको छ ।

किराना पसल र डिर्पामेन्टलस्टोरमा मार्सीको माग ह्वात्तै बढेको छ । प्रधानमन्त्री ओलीले मार्सीको मसिनो चामल र बासमती जति मिठो नहुने अहिले बासमती र मसिनो चामलको भन्दा मार्सीको माग बजारमा छ ।

जुम्लाबाट मगाइँदै

माग बढेसँगै जुम्लाबाटै मार्सी मगाउन थालिएको छ । एग्री सेन्टर नयाँ बानेश्वरका विक्रेता श्याम थापाले मार्सीको माग अत्यधिक बढेको बताए । उनले मार्सीको अभावरहेको बताए । खत्रीले मार्सी २५० रुपैयाँ प्रतिकिललो विक्री भइरहेको बताए । एग्री सेन्टरले १ सय किलो विक्री गरेर पुनः ५ सय किलो थप मार्सी चामल ल्याएको छ ।
एक सय किलो बेचिसकियो फेरि ५ सय किलो आएको छ, अब प्याकिङ गरेर बजारमा ल्याउँछौ’, विक्रेता थापाले भने । व्यवसायीले २ किलोको पोको बनाएर मार्सी विक्रिवितरण गरिरहेका छन् ।

मार्सी चामलसँगै जुम्लाका अन्य सामानको पनि माग बढिरहेका उनले बताए । जुम्लाको  ओखर, दाल, स्याउ, जौको पिठी लगायतका समान माग बढिरहेको छ ।
अत्याधिक मागका कारण मार्सीको भाउ बढ्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । सुपरमार्केटहरुले पनि ठूलोमात्रामा मार्सी मगाइरहेका छन् । सीमित उत्पादन हुने भएकाले माग गरेजति मार्सी नपाइने गरेको व्यवसायीहरु बताउँछन् ।

के हो मार्सी ? 

बाली विज्ञान महाशाखाका वैज्ञानिक राजेन्द्रकुमार भट्टराईले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताउँछन् । उच्च  पहाडको हावापानी हुने स्थानीय जातको धान हो मार्सी,’ उनले भने, ‘यो जातको संसारको उच्च भागको सिञ्जा उपत्यकामा फल्ने गरेको छ ।

यो धान जुम्लाको सिञ्ज उपत्यका र तिला नदीको किनार आसपासका खेतमा फल्ने गर्छ । वैज्ञानिक भट्टराईका अनुसार मार्सी जुम्लाको चन्दनाथ मन्दिरका पुजारीले भारतबाट ल्याएको भन्ने स्थानीय भनाइ छ । कृषि वनस्पति महाशाखा धान प्रजनन एकाइका प्राविधिक अधिकृत अतीत पराजुलीले ३ हजार ५० मिटर उच्च भूभागमा मार्सी धान उत्पादन हुने बताए ।

मार्सी धानको इतिहास 

जुम्ली कालीमार्सी धान जुम्लाको सबै ठाँउ र संसारको सबैभन्दा उच्च स्थान (२७ सय ९० मिटर) जुम्लाको छुमचौर ज्युलोमा फल्छ । यो धानको उत्पति १२ औँ शताब्दीमा भएको उल्लेख छ ।

सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई लाछु ज्युलोमा धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ ।

यो धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो ।

जंगली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतविद रमानन्द आचार्यले बताए । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर) मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ ।

यसरी उमारिन्छ बीउ

अत्यधिक चिसो सहन सक्ने जुम्ली मार्सीको बीउ राख्दा सुरुवातमा भिजाएर टुसा उम्रिएपछि हिले ब्याडमा बीउ छर्ने गरिन्छ । महिना दिनको बीउलाई खेतमा रोपिन्छ  । ‘मार्च २५ मा बीउ बोरामा राखेर भिजाइन्छ, अनि एक हप्ता अर्थात अप्रिल ३ मा हिले ब्याडमा छरिन्छ, महिनापछि खेतमा रोपिन्छ,’ प्राविधिक अधिकृत पराजुलीले भने ।

प्राविधिक अधिकृत पराजुलीका अनुसार  रोपेको १५० देखि १७० दिन भित्र मार्सी धान उत्पादन हुन्छ । उनले मार्सीमा मरुवा रोगको ठूलो प्रकोप फैलिएर दुख दिइरहेको बताए । मरुवाबाट जोगाउने र मार्सीको गुणस्तर कायम रहने गरी अनुसन्धान भइरहेको उनले बताए । मार्सीको गुणस्तर पनि कायम होस, मरुवा पनि नलागोस भनेर अनुसन्धान गरिरहेका छौं’, प्राविधिक अधिकृत पराजुलीले भने । उनले मरुवाकै कारण किसानहरुले मार्सी लगाउन छोडिरहेको पनि बताए ।

मार्सीका विकल्पमा उच्च भाग उत्पादन  हुने उन्नत जात चन्दनाथ१ र चन्दनाथ३ को पनि विकास गरिएको छ ।  नयाँ विकास गरिएका चन्दनाथ  १ र चन्दनाथ ३ को उत्पादन हुन मार्सी भन्दा बढी १८० दिन लाग्छ ।

टेस्टी’ मार्सी

प्राविधिक अधिकृत पराजुली जुम्ली मार्सी स्वादिलो र पौष्टिक हुने बताउँछन् । दुध र घिउसँग खाँदा जुम्ली मार्सीको भात स्वादिलो हुन्छ,’ उनले भने, ‘मार्सी गुलियो हुन्छ ।