Covid-19 Update

Tuesday, June 4, 2019

फुटबलका यी नियम विश्वभर परिवर्तन हुँदै

एजेन्सी - विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी (इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड) ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो ।

१. फ्रिकिक: आक्रमणका खेलाडी वालमा बस्न नपाइने

फ्रिकिक: आक्रमणका खेलाडी वालमा बस्न नपाइने
नयाँ नियमअनुसार फ्रिकिक लिने समयमा आक्रमण गर्ने टोली अथवा फ्रिकिक प्रहार गर्ने टोलीका खेलाडी वालमा बस्न पाइने छैन । नियममा लेखिएको छ, ‘जब ३ वा सोभन्दा बढी खेलाडीको वाल राखिएको छ भने आक्रमण टोलीका खेलाडी कम्तिमा १ मिटर टाढा बस्नुपर्ने छ ।’ यदि यो नियम नमानेको खण्डमा विपक्षी टोलीलाई फ्रिकिक प्रदान गरिनेछ । यो नियम ल्याउँदा अनावश्यक समय खेर फाल्ने र वाल बसेको खेलाडीबीच ठेल्ने प्रवृति पनि अन्त्य हुने विश्वास लिइएको छ ।

२. खेलाडी परिवर्तन: सबैभन्दा नजिकको लाइनबाट बाहिरिने
खेलाडी परिवर्तन: सबैभन्दा नजिकको लाइनबाट बाहिरिने
नयाँ नियमअनुसार अब खेलाडी परिवर्तन हुँदा बाहिर निस्कने खेलाडीले आफूबाट मैदानको जुन भाग नजिक छ, त्यहिँबाट बाहिरिने उल्लेख गरिएको छ । नियममा लेखिएको छ, ‘बाहिर निस्कने खेलाडीले सबैभन्दा नजिक स्थानबाट मैदान बाहिर जानुपर्छ ।’ लामो समयदेखि खेलको समय खेर फाल्ने हेतुले गरिंदै आएको खेलाडी परिवर्तन समस्यालाई यसले केहि हदसम्म सुल्झाउने छ ।

३. प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड
प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड
यस नियम अनुसार प्रशिक्षकले टचलाइनमा खेलभावना विपरित रेफ्री वा खेलाडीलाई फरक व्यवहार गरेमा रेफ्रीले रातो र पहेंलो कार्ड देखाउनेछन् । यदि टचलाइनमा एक वा सोभन्दा बढी व्यक्तिबीच झगडा भएर रेफ्रीले पहिचान गर्न नसकेमा मुख्य प्रशिक्षकले कारवाही भोग्नुपर्नेछ ।

४. पेनाल्टी: गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ
पेनाल्टी: गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ
पछिल्लो समय पेनाल्टी लिने बेलामा गोलरक्षकको भूमिकालाई लिएर निकै विवाद उत्पन्न हुँदै आएको छ । यसलाई साम्य पार्न नयाँ नियमले केहि सहयोग पुर्याउनेछ । नियमअनुसार गोलरक्षकले पेनाल्टीको समयमा पोस्ट र क्रसबार छुन पनि पाउने छैनन् । साथसाथै गोलरक्षकको एउटा खुट्टा गोललाइनमाथि अथवा भित्र भएको हुनुपर्नेछ ।

५. ह्यान्डबल: आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने
ह्यान्डबल: आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने
यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ र खेलाडीलाई बलको अवस्था र स्थितिबारे जानकारी छैन भने उक्त गोल मान्य हुने छैन । यस्तो अवस्थामा विपक्षी टोलीले फ्रिकिक प्राप्त गर्ने नियममा उल्लेख गरिएको छ । यस नियमले भने निकै विवाद उत्पन्न गर्न सक्ने देखिएको छ ।

६. ड्रप बलमा दुवै टोली सामेल नहुने
ड्रप बलमा दुवै टोली सामेल नहुने
अबदेखि ड्रप बलमा दुवै टोलीका खेलाडीले बल खोस्न प्रतिस्पर्धा गर्नुपर्ने छैन । नया नियमअनुसार खेल रोकिनुअघि अन्तिम पटक जुन टोलीले बल छोएको छ त्यसै टोलीका खेलाडीलाई बल चलाउन दिइनेछ । यदि पेनाल्टी क्षेत्रभित्र खेल रोकिन्छ भने त्यसै टोलीको गोलरक्षकले बल चलाउन पाउने छन् । यस अवस्थामा बल चलाउने खेलाडीभन्दा दुवै टोलीका अन्य खेलाडी ४ मिटर टाढा बस्नुपर्ने छ ।

७. गोल किक र फ्रिकिक १८ यार्ड बक्स नकाटेपनि हुने

यसअघि गोलरक्षकले गोलकिक प्रहार गर्दा १८ यार्डको पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम थियो । त्यसअघि अन्य खेलाडीले बल छोएमा फेरी प्रहार गर्नुपर्ने थियो । तर नयाँ नियमअनुसार गोलकिक प्रहार गर्दा पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम हटेको छ ।

८. गोल हुने खतरामा ब्याक पास समाउन पाउने

यसअघिको नियममा गोलरक्षकले ब्याक पास समाउन पाउने थिएनन् । तर नयाँ नियम अनुसार आफ्नो खेलाडीले दिएको ब्याक पास नियन्त्रण गर्न खोज्दा गोल हुने सम्भावना भएमा गोलरक्षकले बल समाउन पाउनेछन् । गोल हुने खतरा भएको अवस्थामा मात्र यो लागु हुनेछ ।

No comments:

Post a Comment