Covid-19 Update

Tuesday, August 21, 2018

हेपाटाइटिस के हो ? यसका प्रकार, लक्षण, तथ्यहरु र बच्ने उपाय


काठमाडौँ - हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसका कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ए बी, सी, डी र इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् ।
हेपाटाइटिस के हो ?  यसका प्रकारलक्षणतथ्यहरु र बच्ने उपाय

मानव शरीरको महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोमा
हेपटोट्रोपिक भाइरसका कारण हुने संक्रमणलाई भाइरल हेपटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ । एउटा हेपटोट्रोपिकर अर्को नन-हेपटोट्रोपिक। हेपटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘, बी, सी, डी र ईपर्दछन् । यसले कलेजोलाई मात्र असर गरेपनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्‍याउँदैंनन् । नन-हेपाटोट्रोपिक भाइरसअन्तर्गत हर्पिस सिम्लेकइब्स्टेनवारभाइरस पर्दछन् । यिनले भने कलेजोका साथै शरीरका अन्य भागलाई पनि असर पुर्‍याउँछन् ।
रोग सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ए र ईपर्छन् । यो बिशेषगरी प्रदुषित पानी तथा खानेकुराबाट सर्छ । यसले तुरून्त असर गरेपनि दीर्घकालीन असर भने गर्दैन ।
अर्को समूहमा बी, सी र डी पर्छन्। यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ वा आमाबाट बच्चामा सर्छ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असर समेत गर्छ । हेपाटाइटिस बी एचआइभी-एड्सभन्दा पनि खतरनाक भनेर प्रचार गरिएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र आफै‌ निको भएर जान्छ । बाँकी १० प्रतिशतमा यसले नरम कलेजोलाई कडा पार्दै लान्छ । जसलाई लिभर सिरोसिसभनिन्छ । लिभर सिरोसिस भएर पछि क्यान्सर हुने संभावना हुन्छ ।
हेपाटाइटिस ए र ई
हेपाटाइटिस ए एक जीर्ण संक्रामक रोग हो । हेपाटाइटिस ए इन्टेरो भाइरसको कारणले गर्दा कलेजोमा संक्रमण हुने गर्छ । बिशेषगरी यो भाइरस बालबालिकामा बढी र वयस्कहरुमा कम देखिन्छ । बालबालिकाले संक्रमित दिशा भएको पानी या खानेकुरा खाएमा यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । जस्तै स्कुले बालबालिकालाई ।
हेपाटाइटिस ए र ई दुवै आर एन ए हुन् । हेपाटाइटिस ए बढी मात्रामा बालबालिकामा देखिन्छ भने हेपाटाइटिस इ चाँही वयस्क र विशेष गरी गर्भवति महिलामा बढी असर गरेको देखिन्छ । संसारमा हेपाटाइटिस ए विरुद्धको खोप बनिसकेको छ भने हेपाटाइटिस इ विरुद्धको खोप अझै बनिसकेको छैन् ।
लक्षण
अरू हेपाटाइटिस रोगहरूको जस्तै यसको लक्षणहरू शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आँखा र छाला पहेँलो हुने (जण्डिस), पेट दुख्नुको साथै रुघा खोकीको जस्तो लक्षणहरु देखिन्छन् । 
दुवै भाइरस संक्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ । हेपाटाइटिस ए र इ कोे संक्रमित व्यक्तिको जुठो खानाले पनि फैलन सक्छ । एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन ।
रोकथाम
हेपाटाइटिस ए रोकथामको लागि खोप प्रभावकारी हुन्छ । रोकथामका अन्य उपायहरूमा राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउएर खाने र उमालेको शुद्ध पानी पिउने । 
वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ । बिरामीले खानेकुरामा मुख बार्नु पर्दैन तर धेरै चिल्लो खानेकुरा नखाने र सजिलै पच्ने खाने कुरा खानुपर्दछ । यो रोग कुनै औषधी उपचार नगरेर पनि आँफै सन्चो हुन्छ । जटिल रुप लिएमात्र अस्पताल भर्ना गर्नुपर्दछ ।
हेपाटाइटिस बि, सि र डि
हेपाटाइटिस बि मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । हेपाटाइटिस सि भन्दा  १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक भएकोले पनि हेपाटाइटिस बिलाई बढी खतरनाक मानिन्छ ।
विश्वमा ४० करोड व्यक्ति यस रोगको सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वा लिभर क्यान्सरबाट पीडित छन् भने धेरैकोे अकालमा मृत्यु भइरहेको छ ।
हेपाटाइटिस बि भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबिभीका रुपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् । लक्षण र बिनालक्षणबाट प्रभावित बिरामी ९५ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् । 
आमाबाट बच्चामा सर्ने हेपाटाइटिस बि ९० प्रतिशत क्रोनिक हुन्छ, त्यसैले ९० प्रतिशत आजिवन रोगको सिकार हुन्छन् ।
लक्षण
लक्षणका हिसाबले हेपाटाइटिस बि रोग दुई किसिमका एक्युट र क्रोनिक हुन्छ । एक्युट हेपाटाइटिस बिको ७५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने २५ प्रतिशत संक्रमितमा हेपाटाइटिस ए जस्तै लक्षणहरु देखा पर्छन् । यीमध्ये १ प्रतिशत जति बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन सक्छ ।
क्रोनिक हेपाटाइटिस बी बिरामीको शरीरमा हेपाटाइटिस बिका भाइरस नगन्यदेखि प्रसस्त मात्रामा हुन्छन् । एक्युट हेपाटाइटिस बि भएका संक्रमितबाट ५ देखि १० प्रतिशतलाई मात्र क्रोनिक हेपाटाइटिस हुने गर्दछ । सुरुको २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन् । अन्त्यमा गएर लिभर सिरोसिस (कलेजो कडा हुने अवस्था), लिभर क्यान्सर र लिभर फेलर भएर मृत्यु हुन्छ ।
उपचार
क्रोनिक हेपाटाइटिस बिको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोको कोषिकालाई नष्ट हुन दिनबाट बचाउने र लिभर सिरोसिस,  लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउने हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बिको भाइरसलाई वृद्धि हुनबाट रोक्छन् ।
अहिले पत्ता लागेको एण्टि भाइरल औषधीले एचबिइएजीलाई नेगेटिभ बनाउँछ र एचबिभी डिएनए भाइरल लोड घटाउँछ । र थोरै प्रतिशत बिरामीमा भाइरसलाई निर्मुल पार्छ ।
हेपाटाइटिस बिको उपचारभन्दा रोकथामका लागि ध्यान दिनु सबैभन्दा राम्रो उपाय मानिन्छ । र हेपाटाइटिस बिको भ्याक्सिन लगाउनु हो । साधारण तया हेपाटाइटिस बि भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ ।
स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्स लगायत सबै स्वास्थ्यकर्मी एवम् सहयोगीहरुले युनिभर्सल प्रेस्कृब्सन अपनाउनु पर्छ । 
हेपाटाइटिस सि
यो आरएनए फ्लभि भाइरसबाट संक्रमण हुने रोग हो । दुई किसिमका एक्युट र क्रोनिक हेपाटाइटिस सीमध्ये २० प्रतिसतलाई एक्युट हुन्छ भने ८० प्रतिशतलाई आजिवन क्रोनिक हेपाटाइटिस सी हुने गर्दछ । यो रोगले सुरुमा कुनै लक्षण नदेखाउने हुनाले बिरामी भएको थाहा नै हुँदैन । धेरै जसो स्वास्थ्य परीक्षण गर्दा र रक्तदान गर्दा रक्त परीक्षणपछि मात्र रोग सरेको थाहा हुन्छ । 
एचआईभी र हेपाटाइटिस बिजस्तै हेपाटाइटिस सीपनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना एकदम कम रहन्छ ।
धेरै जसो लिभर सिरोसिस क्यान्सर र लिभर फेलिएर भएपछिमात्र हेपाटाइटिस सि ले भएको रहेछ भन्ने थाहा पाउँछन् । हेपाटाइटिस बि ले भन्दा सि ले छिटो लिभर खराब गराउँछ । 
जापान र इटालीमा लिभर क्यान्सर गराउने मुख्य श्रोत नै हेपाटाइटिस सि हो । यो रोग सबैभन्दा बढी इजिप्ट र चाइनामा छ भने सबभन्दा कम जापानमा छ । हेपाटाइटिस सिको पत्ता लगाउनु पहिला यसलाई नन् ए र बि हेपाटाइटिस भनिन्थ्यो । विश्वमा २० बरोड जनसंख्या यो रोगबाट संक्रमित छ । र नेपालमा पनि यो रोगको भयाभह स्थिति छ ।
लक्षण
यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने लक्षण हुन सक्छ । 
केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मुल पारिदिन सक्छ । ८० प्रतिशत भन्दा बढी केही थाहा नपाइकन आजिवन रोगको क्यारीयर वा क्रोनिक हेपाटाइटिस भएर लामो समय बाँच्छन् ।
उपचार
हेपाटाइटिस सीको उपचार हेपाटाइटिस बीको भन्दा सजिलोे छ । र पछिल्ला वर्षहरुमा धेरै औषधी अनुसन्धान भई पत्ता लागेका छन् । औषधीको सहि प्रयोग गर्दा बिरामी पूर्ण रुपमा निको हुन्छ ।
यसको उपचारमा प्रयोग गरिने औषधी जेनोटाइप अनुसार हुन्छ । पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उहि पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ ।
हेपाटाइटिस बि को १० प्रकारको जेनोटाइप हुन्छन् भने सि को ६ प्रकारका जेनोटाइप पत्ता लागेका छन् । हेपाटाइटिस बिको तुलनामा १ सय प्रतिशत रोग निको हुन्छ । 
हेपाटाइटिस डि
हेपाटाइटिस डि इन्कम्प्रिट आरएनए भाइरसको संक्रमणको कारणले गर्दा यो रोग लाग्दछ । र यो भाइरस एक्लै बाँच्न सक्दैन । यो रोग शरीरमा फैलिन अथवा भाइरसको वृद्धि हुन हेपाटाइटिस बि सँगसँगै हुनुपर्दछ । हेपाटाइटिस बि भएको व्यक्तिमा यो भाइरस थपिँदा कलेजो छिटो खराब हुन्छ । क्यान्सर र कलेजो खराबको जटिल अवस्था आउँछ ।
उपचार
हेपाटाइटिस बिको उपचार राम्रो गरेमा यो रोग पनि राम्रो हुन्छ । अन्यथा हेपाटाइटिस डीको अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण नै एउटा मात्र समाधान रहेको छ ।
यसले के गर्छ?

हरेपाटाइटिस  हेपाटाइटिस बि र हेपाटाइटिस सि ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउदछ र मानिसको अकाल मृत्यु हुन्छ ।

कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस बि र हेपाटाइटिस सि ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभि एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण  यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बि को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सि को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।
हरेपाटाइटिस-बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बि दिर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
भाइरल हेपाटाइटिसबारे बिश्वब्यापी तथ्यहरु 
- हेपाटाइटिस बि र सि बाट हुने मृत्युदर एचआइभि एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
- कलेजोको क्यान्सरबाट मृत्यु हुने तिन मध्ये दुईको कारण हेपाटाइटिस बि र सि हुन् ।   
- संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थहा नै छैन ।
- एकहजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
- क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
- नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस C अनुमान गरिएको छ ।
भाइरल हेपाटाइटिस बी र सी बाट सर्ने कारण तथा बच्ने तरिकाहरु 
- संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस बि र सि को परिक्षण गर्ने । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
- आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
- रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बि र सि को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
- मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
- ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । हेपाटाइटिस सि मा यो संभावना बढी हुन्छ।)
- ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस बि भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।
कसरी सर्छ ?
बच्चा जन्माउँदा आमाबाट। संक्रमित आमाबाट बच्चा भएको अवस्थामा बच्चालाई रोग लाग्नसक्ने सम्भावना धेरै हुन्छ। लागिसकेको छैन भने इम्युनोग्लोबिन र पछि खोप दिएर संक्रमणमुक्त राख्न सकिन्छ।
संक्रमित व्यक्तिसँगको संसर्गबाट। रोगबाट संक्रमित व्यक्तिसँग बिनासावधानी सम्पर्कबाट सर्ने सम्भावना बढ्छ। संक्रमित व्यक्तिले प्रयोग गर्ने निजी साधन, जस्तैदारी काट्ने सामान, रुमाल, नङ काट्नेबाट पनि रोग सर्छ।
असुरक्षित यौन सम्पर्क। संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना बढ्छ। खोप लिएको अवस्थामा भने सर्ने सम्भावना अपवादमा मात्र रहन्छ। अप्राकृतिक तरिकाबाट सम्पर्क गर्ने व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ।
संक्रमित रगतको सम्पर्कबाट। यदि कतैबाट संक्रमित व्यक्तिको रगतसँग सम्पर्क भए सर्न सक्छ।
अन्त्यमा
हेपाटाइटिस बि र सि संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण पूर्वी एसियाको चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसंख्या यो रोगबाट ग्रस्त छन् । 
हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारमा मेडिकल डिजिजमा मानिसको ज्यान लिने यो आठौँ ठुलो रोग हो ।
नेपालमा अब हेपाटाइटिस ए को भ्याक्सिन पनि नेपाल सरकारले निशुल्क उपलब्ध गराउन जरुरी देखिन्छ । सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाएजस्तै हेपाटाइटिस बी को सबै नेपालस्लाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी राम्रो र शुद्ध खानेपानीको व्यवस्थ गर्न राष्ट्रको निर्सत दायित्व भएको छ ।  
हेपटाइटिस भयो भने जण्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउने जस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ । जसका कारण रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । सरकारले जनचेतनामुलक कार्यक्रममार्फत् खानाप्रतिको धारणाबारे आमसमुदायलाई स्पष्ट पार्नु जरूरी छ ।
जण्डिस रोग होइन । यो रोगको लक्षण मात्र हो । उपचार गरेर त्यसको निदान गर्नुपर्छ । यसबारेमा हामीले न बिरामीलाई राम्ररी बुझाउन सकेका छौं, न त उनीहरूका परिवारलाई । सरकारले यसतर्फ ध्यान दिन जरूरी छ ।
आजको यस आर्टिकलमा हामी तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस बि र हेपाटाइटिस सि का बारेमा चर्चा गर्दैछौं । 
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस अनुमान गरिएको छ । हेपाटाइटिस बि र हेपाटाइटिस सि का कारण हरेकबर्ष संसारमा तेह्रलाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 

No comments:

Post a Comment