Covid-19 Update

Thursday, September 6, 2018

भीएआर के हो ? विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !


काठमाडौं विश्वकपमा भीएआर शब्द अहिले लोकप्रिय छ । सन् २०१८ मा इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भीएआर पद्धतिलाई खेलको कानुनकै रूपमा अवलम्बन गरिसकेको छ । भिडियो असिस्टेन्स रेफ्री (भीएआर)पद्धतिअन्तर्गत मुख्य रेफ्रीले भिडियो फुटेज हेरेर खेलको समीक्षा रिभ्युगर्न सक्छ । 

मुख्यतः चार अवस्थामा भीएआर प्रयोग गरिन्छ:
१) गोल भएको हो कि हैन भनेर बुझ्न ।
२) पेनाल्टीको निर्णय लिनुपर्दा ।
३) रेडकार्ड देखाउने अवस्था आएमा ।
४) रातो र पहेँलो कार्ड पाउनुपर्ने व्यक्ति को हो भनेर चिन्न ।
भीएआर के हो ? विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !
अन्तर्राष्ट्रिय खेलका लागि भीएआर पहिलोपटक इङ्ल्यान्डमा प्रयोग भएको थियो । सन् २०१७ मा थ्री लायन्सर जर्मनी बीचको खेलमा यो नियमको प्रयोग भयो । चलिरहेको विश्वकपमा भीएआर पद्धतिको थुप्रैपटक प्रयोग भइसकेको छ । रेफ्रीले मैदानमा हुने विभिन्न आलोचनालाई समाधान गर्न भीएआर पद्धति प्रयोग गरिरहेका छन् ।
१५ जुन २०१८ को विश्वकपमा पहिलो भीएआर पोर्चुगल र स्पेनको खेलमा प्रयोग गरिएको थियो । डिएगो कोस्टाको गोलमा रेफ्रीले यो प्रविधि प्रयोग गरे । यसै विश्वकपमा जुन १६ का दिन फ्रान्स र अस्ट्रेलियाको खेलमा भीएआर हेरेर पेनाल्टी दिइएको थियो ।

विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !

रसियामा जारी विश्वकप फुटबलमा नयाँ प्रविधिको प्रयोग गरियो, भिडियो असिष्टेन्ट रेफ्रि (भीएआर) । रसिया विश्वकपमा फिफाले नयाँ प्रविधिको प्रयोग गर्दै खेललाई अझ स्वच्छ बनाउने प्रयास गरेको छ ।

सन् २०१७ मा भएको फिफा कन्फिडेरेसन कपमा भीएआर प्रविधि परीक्षण गरिएको थियो । विश्वकपकै लागि लक्षित गर्दै फिफाले कन्फिडेरेसन कपमा भिएआरको परिक्षण गरेको थियो ।

फिफाले ४ वर्ष अगाडि ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल लाइन प्रविधिको प्रयोग गरेको थियो । भीएआर मैदानमा खेलाडीले गरेका अन्जानमा भएको गल्ती केलाउने मुख्य माध्यम हो । यसमा खेलाडीले गरेका गल्तीलाई दोहोर्याएर हेर्न सकिन्छ । खेलको दौरानमा खेलाडीले फल गरेको हो कि होइन भिडियो हेरेर त्यहिअनुसारको निर्णय रेफ्रिले लिने गर्दछन् ।

भीएआर प्रविधि प्रयोगले खेल स्वच्छ हुन सघाएको छ । तर, पनि यसको खेलैपिच्छे  विवाद हुने गरेका छन् । पछिल्लो समय भिएआर प्रविधिको कारण पेनाल्टी र पहेंलो कार्ड बढी प्रयोग भएको छ ।

प्रि-क्वाटरफाइनलमा ब्राजिलका स्टार खेलाडी नेयमार मैदानमा लडेको अवस्थामा मेक्सिकोका खेलाडी म्यानुअल लायुनले बल खोस्ने बेला टेकेका थिए । नेयमारले आफुलाई टेकेको र सहनै नसक्ने गरि चोट लागेको भन्दै मेक्सिकोका खेलाडीमाथि कार्डको अपिल गरेका थिए । तर, भीएआर र म्याच रेफ्रिले त्यस्तो फल नभएको निष्कर्ष निकालेका थिए । यो विषयलाई लिएर सामाजिक सञ्जालमा नेयमारले अभिनय गरेको आरोप उनीमाथि लागेको थियो ।

त्यस्तै, ब्राजिलकै अर्को कोस्टारिकासँगको खेलमा नेयमार कोस्टारिकाको डि बक्स भित्र लडेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएका थिए । तर, रेफ्रीले भीएआर रिभ्युपछि उक्त पेनाल्टी रद्द गरेका थिए ।

भीएआर बारे यस्तो भन्छन् रेफ्री र खेलाडी

भीएआर बारे विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यस्तै प्रतिक्रियाहरु खेलाडी र रेफ्रीहरुले पनि रहेका छन् । यसैबीच युरो कपका आधिकारिक रेफ्री मार्क क्लेटेनबर्गले भनेका छन् भीएआरलाई लिएर इंग्ल्यान्डको एफए क्लबले गरेको प्रतियोगिताको अन्त्यमा धेरै नकारात्मक कुरा भयो ।

उनले अगाडि भने तरपनि फिफाले यसको प्रयोग राम्रोसँग गर्नेछ उसले २ वर्ष अगाडि नै यसको सफल परीक्षण गरिसकेको छ ।त्यस्तै, स्पेनका कप्तान सर्जियो रामोसले भीएआरबारे भनेका छन् भीएआरले हामीलाई बचाउँदैन, यसले मात्र सत्य कुरा देखाउँछ ।

यस्तै, जर्मनीका फुटबलर सामी खादिराले भनेका छन् फुटबलले पनि भावनाहरु बोकेको हुन्छ तर, अहिले खेलाडीलाई गोल सेलिबे्रशन गर्ने वा नगर्ने भन्ने नै थाहा हुँदैन् त्यो भनेको फुटबलको मृत्यु हो ।

इटालीका फुटबल रेफ्री निकोला रिजोली भन्छन्, “प्रविधिले गल्ती रोक्दैन्, त्यो असम्भव छ । यसले गल्ती हुनबाट रोक्ने मात्र हो ।

No comments:

Post a Comment