Covid-19 Update

Thursday, September 6, 2018

जो स्टेडियममै बसेर पनि वर्ल्डकप हेर्न पाउँदैनन्



एजेन्सी - विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल २०१८ अहिले रसियामा समापनको संघारमा छ । पूरै विश्वको ध्यान रसियामा केन्द्रित छ अहिले । विश्वभरका सञ्चारमाध्यममा विश्वकपकै समाचारले प्राथमिकता पाइरहेका छन् । सामाजिक सञ्जाल विश्वकपले छपक्कै छोपिएका छन् । यसले पनि विश्पकप फुटबलप्रतिको क्रेजलाई देखाउँछ ।
जो स्टेडियममै बसेर पनि वर्ल्डकप हेर्न पाउँदैनन् ‘स्टुअर्ट’
तर, यस्ता केही अभागीपनि छन्, जसले विश्वकप फुटबल खेल भैरहेको रंगशालामै रहेर पनि खेल हेर्न पाउँदैनन् । उनीहरुलाई स्टुअर्टभनिन्छ । स्टेडियममा हुने, हुनसक्ने झगडा र हुलहुज्जतलाई नियाल्न स्टुअर्टस्टेडियममा तैनाथ हुन्छन् । उनीहरु दर्शकतिर फर्किएर उभिनुपर्छ । गोल हानेको महत्वपूर्ण क्षण होस् या अन्य महत्वपूर्ण अवसर, कुनै पनि बेला उनीहरु स्टेडियमतिर फर्किन पाउँदैनन् ।

यस्तै, विश्वकप फुटबल हेर्न नपाउने अभागी हुन्, स्वयंसेवक पनि । विश्वकप फुटबलको स्वयंसेवकका रुपमा  खटिएकाहरुले पनि खेल हेर्न पाउँदैनन् । जारी विश्वकपमा १७ हजार ४० जना स्वयंसेवक खटिएका छन् । ११२ देशका करिब २ लाख आवेदकमध्येबाट फिफाले उक्त स्वयंंसेवक छानेको थियो । यसमध्ये ६० प्रतिशतभन्दा धेरै महिला रहेका छन् । यी स्वयंसेवक विमानस्थल, होटलदेखि स्टेडियमसम्म खटिएका हुन्छन् ।

No comments:

Post a Comment