Covid-19 Update

Wednesday, September 5, 2018

फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू


काठमाडौं - फिफा विश्वकपमा कुनै समयमा आफ्नो अदभुत खेल प्रदर्शनका कारण नाम कहलिएका धेरै नै खेलाडीहरु छन् तर ती मध्ये फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू भने यसप्रकार छन् 

फ्रान्ज बेकेनबाउर

डेल केसरअर्थात् सम्राटको उपनामबाट परिचित फ्रान्ज बेकेनबाउर आफ्नो समयमा जर्मन टोलीका मेरुदण्ड नै थिए। सन् १९७४ को विश्वकपमा जर्मन टोलीको प्रेरणादायी कप्तानको भूमिका तथा मिडफिल्डमा उत्कृष्ट सुझबुझ भएका कारण नै आफ्नो राष्ट्र जर्मनीलाई उक्त संस्करणको विश्वकप दिलाएका थिए। टोटल फुटबल खेल शैलीमा पोख्त तथा उपाधिको दाबेदार नेदरल्यान्डलाई अप्रत्यासित तरिकाले पराजित गरी उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण बनेको थियो। 

खेलाडी छँदा जर्मनीका तर्फबाट दोस्रोपटक विश्वकप उपाधि उचालेका उनले प्रशिक्षकको भूमिकामा सन् १९९० को इटलीमा सम्पन्न विश्वकपमा आफ्नो राष्ट्रलाई तेस्रोपटक उपाधि दिलाउन सफल भएका थिए। यस्तै सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा पनि उनको प्रशिक्षणमा रहेको जर्मनी उपविजेता बनेको थियो। उनी खेलको अवस्था बुझेर सोहीअनुरूप आफू खेल्ने स्थान परिवर्तन गर्न माहिर खेलाडी मानिन्छन्। उनी रक्षक, मिडफिल्डर र स्ट्राइकिंग सबै भूमिकामा समेत जमेर खेल्ने खुबी भएका खेलाडी थिए।
फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू

कमै खेलाडी त्यस्ता हुन्छन् जसको एकल प्रयासका कारण टोलीले सफलता पाउने गर्दछ। फिफा विश्वकपको इतिहासमा पनि त्यस्ता थुप्रै खेलाडी उदाइसकेका छन्। तीमध्ये पनि कतिपय यस्ता खेलाडी छन् जसको चर्चा फिफा विश्वकपसँग अटुटरूपमा जोडिएको छ। यसै प्रसंगसँग जोडिएका केही सदाबहार खेलाडीको छोटो चर्चा ।

राष्ट्रियता जर्मनी
खेल्ने स्थान मिडफिल्डर
क्लब बार्यन म्यूनिख (१९६४७७),
न्यूयोर्क कसमस (१९७७८०), हामबर्ग एसभी (१९८०८२), न्यूयोर्क कसमस (१९८३)
अन्तर्राष्ट्रिय क्यारियर १०३ खेलमा १४ गोल
विश्वकप सहभागिता सन् १९६६, १९७०, १९७० गरी १८ खेलमा ५ गोल
विश्वकपको उत्कृष्ट क्षण सन् १९७४ विश्वकपमा जर्मन टोलीको कप्तानको भूमिका रहँदा
टोलीमा योगदान विश्वकप विजेता सन् १९७४, उपविजेता १९६६, तेस्रो स्थान १९७०

एड्सन अरान्टेस डो नासीमेन्टो (पेले)

सायद अहिले हामी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये सबैभन्दा उत्कृष्ट फुटबलर को होला भनेर सोच्ने गर्छौ। तर विश्वकपलाई आधार मान्ने हो भने ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन तथा खेल्ने शैलीलाई अहिलेसम्म अरूले माथ दिन मुस्किल पर्ने देखिन्छ। फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका व्यक्ति हुन्। उनी फुटबलमा बाइसाइकल किकमार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन्। उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका विशेषज्ञका रूपमा समेत चिनिन्थे। उनी आफ्नो अचुक तथा शक्तिशाली बल प्रहार गर्ने क्षमताका कारण विपक्षी गोलरक्षकमाथि सधैं मनोवैज्ञानिक दबाब दिन सफल हुन्थे।

१७ वर्षको कलिलो उमेरमै सन् १९५८ को विश्वकप फाइनलमा २ गोल गर्दै आफ्नो टोलीलाई उपाधि विजेता बनाएका ब्राजिलियन टोलीका सदस्य पेलेले आफ्नो राष्ट्र ब्राजिललाई ३ पटक विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए। पेले एक्ला खेलाडी हुन् जसले आफ्नो सक्रिय खेल जीवनमा आफ्नो राष्ट्रलाई अहिलेसम्म ३ पटक विश्वकप फुटबलको उपाधि जिताउँदा प्रमुख भूमिका निर्वाह गरेका थिए।

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर र आक्रामक मिडफिल्डर
क्लब सान्तोस (१९५६७४),
न्यूयोर्क कसमस (१९७५७७)
अन्तर्राष्ट्रिय क्यारियर ९२ खेलमा ७७ गोल
विश्वकप सहभागिता १९५८, १९६२, १९६६, १९७० मा गरी १४ खेलमा १२ गोल गरेको
विश्वकपको उत्कृष्ट क्षण सन् १९७० ब्राजिललाई तेस्रोपटक विश्वकप उपाधि दिलाउँदा
टोलीमा योगदान विश्वकप विजेता १९५८, १९६२, १९७४

डिएगो अर्मान्डो म्याराडोना

राष्ट्रियता अर्जेन्टीना
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब अर्जेन्टीनोस जुनियर्स (१९७८८०), बोका जूनियर्स (१९८१८२), बार्सिलोना (१९८२८४), नेपोली (१९८४९१), सेभिल्ला (१९९२९३), न्युवेल्स ओल्ड बोयज (१९९३९४), बोका जूनियर्स (१९९५९८)
अन्तर्राष्ट्रिय क्यारियर ९१ खेलमा ३४ गोल
विश्वकप सहभागिता सन् १९८२, १९८६, १९९०, १९९४ गरी २१ खेलमा ८ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण आफ्नो कप्तानीमा सन् १९८६ को विश्वकप उपाधि जित्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९८६, उपविजेता सन् १९९०

सधैं पेले र डिएगो म्याराडोनामा उत्कृष्ट को भन्ने कुराको विवाद हुने गरेको छ। यी २ खेलाडी आआफ्नै कालका उत्कृष्ट फुटबलर हुन्। यद्यपि नतिजाको आधारमा विश्लेषण गर्नुपर्दा दुवैजनाले विश्वकपको ४ संस्करण खेलेका छन्। जसमध्ये पेलेसहितको ब्राजिलले ३ पटक उपाधि जितेको छ भने म्याराडोनासहितको अर्जेन्टीना भने १ पटक विश्व च्याम्पियन भएका छन्। यस अर्थमा पनि पेलेभन्दा म्याराडोना पछि रहेको स्पष्ट हुन्छ।

होचा कदका म्याराडोना बल ड्रिब्लिंगमा पोख्त हुनुका साथै अचुक प्रहारमा गोल गर्नसमेत माहिर थिए। मैदानको हरेक कोणमा प्राप्त बलबाट अवसर सिर्जना गर्न उनी सिपालु थिए। तीव्र गतिमा पनि बललाई चुम्बकसरह आफ्नो नियन्त्रणमा राख्ने खुबीका कारण नै उनको क्रेज अझैपनि विश्वभरि घटेको छैन।

उनी १७ वर्षको हुँदा नै सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीमा बोलाइएका थिए। तर अन्तिममा प्रशिक्षक लुइस मेनोत्तीले उनलाई टिमबाट फर्काएका थिए। उनले सन् १९८२ मा विश्वकपमा भने डेब्यु गरेका थिए। त्यसको ४ वर्षपछि भने उनले आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकि राखेनन्। 

सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा आफ्नो विलक्षण क्षमताको भरमा उनले आफ्नो राष्ट्रलाई दोस्रोपटक विश्वकपको उपाधि दिलाए। त्यतिबेला इंग्ल्यान्डविरुद्ध उनले गरेको हाते गोलले अहिलेसम्म चर्चा पाउँदै आएको छ। सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका ५ जना खेलाडीलाई छक्याउँदै गरेको गोलको लोकप्रियता अहिलेसम्म भाइरल नै छ। उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलमध्येमा गनिएको पनि छ। 

खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादमा मुछिए। लागूऔषध सेवन तथा उग्र व्यवहारका कारण उनले आफ्नो गर्विलो छविलाई धमिलो बनाएका थिए। उनी सन् २०१० मा अर्जेन्टिनाको प्रमुख प्रशिक्षकका रूपमा दक्षिण अफ्रिका पनि पुगेको थिए। तर प्रशिक्षकको रूपमा भने उनको टिमले वाहवाही बटुल्ने कुनै प्रदर्शन गर्न सकेन।

रोनाल्डो लुइस नजारियो डे लिमा

सन् १९९४ देखि २००२ सम्म १२ वर्षको अन्तरालमा ब्राजिलले लगातार ३ पटक विश्वकपको फाइनल खेलेको थियो। जसमध्ये २ पटक ब्राजिल च्याम्पियनसमेत बनेको थियो। ब्राजिल ३ पटक विश्वकपको फाइनल पुग्दा टिमका एक सदस्य बनेका थिए रोनाल्डो। सन् १९९४ को विश्वकपमा बेन्चमै बिताएका उनले सन् २००२ को विश्वकप उपाधि आफ्नो राष्ट्रलाई दिलाउन प्रमुख भूमिका खेलेका थिए।

किर्तीमानी पाँचौपटक विश्वकप जित्ने क्रममा जर्मनीलाई फाइनलमा २० ले पराजित गर्दा दुवै गोल उनले गरेका थिए। त्यसअघि सन् १९९८ को फ्रान्समा सम्पन्न विश्वकपमा पनि ब्राजिललाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सम्मिलित ब्राजिल पालैपालो गरी कीर्तिमानी चौथौ र पाँचौपटक विश्वकपको उपाधि जित्ने पहिलो टोलीसमेत बन्यो। ब्राजिलमा सम्पन्न गत विश्वकपमा मिरोस्लाभ क्लोजले किर्तिमानी १६ गर्नुअघि सर्वाधिक १५ गोल गरेर रोनाल्डो उक्त सूचीको शीर्षस्थानमा रहेका थिए।

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर
क्लब क्रुजिएरो (१९९३९४), पिएसभी आइन्डहोभेन (१९९४१९९६), बार्सिलोना (१९९६९७),
इन्टर मिलान (१९९७२००२), रियल मेड्रिड (२००२०७), एसी मिलान (२००७०८), कोरिन्थियन्स (२००९११)
अन्तर्राष्ट्रिय क्यारियर ९८ खेलमा ६२ गोल
विश्वकप सहभागिता १९९४, १९९८, २००२, २००६ गरी १९ खेलमा १५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् २००२ विश्वकपको फाइनलमा निर्णायक २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९४ तथा २००२, उपविजेता १९९८

जिनेदिन यजीद जिदान

सन् १९९८ विश्वकप फुटबलका आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन जिदान। हाल स्पेनिस क्लब रियल मेड्रिडमा पनि उनी सफल प्रशिक्षकका स्थापित भइसकेका छन्। सन् १९९८ विश्वकप फाइनलमा ब्राजिलविरुद्ध २ गोल गर्दै मत्वपूर्ण भूमिका खेलेका जिदानको खेल कौसल वास्तवमै उच्च श्रेणीको थियो। मैदानमा आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने उनी स्ट्राइकरलाई सहज स्थानमा बल उपलब्ध गराउन माहिर थिए। कलात्मक तरिकाले दुवै खुट्टाले बल छक्याउनसमेत उनी सिपालु थिए।

सन् २००० को युरोकपको उपाधिसमेत आफ्नो राष्ट्रलाई दिलाउँदा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यति हुँदाहुँदै पनि सन् २००६ को जर्मनी विश्वकपलाई उनले बिर्सनलायक बनाएका थिए। शान्त स्वभावका भए पनि चाँडै रिसाउने बानीका कारण उनले इटलीविरुद्धको फाइनलमा इटालियन रक्षक मातेराजीलाई छातीमा टाउकाले हानेर रातो कार्डका सिकार हुनुपरेको थियो। उक्त रातो कार्ड दर्शनपछि आफ्नो गर्विलो क्यारियरमा तीतो अनुभव पनि सँगाल्दै सक्रिय खेल जीवनबाट समेत सन्यास लिएका थिए।

राष्ट्रियता फ्रान्स
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब कान्नेस (१९८८९२), बौर्डीओक्स (१९९२९६), युभेन्टस (१९९६०१), रियल मेड्रिड (२००१०६)
अन्तर्राष्ट्रिय क्यारियर १०८ खेलमा ३१ गोल
विश्वकप सहभागिता १९९८, २००२, २००६ गरी १२ खेलमा ५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् १९९८ को विश्वकप फाइनलमा २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९८ तथा उपविजेता सन् २००६

No comments:

Post a Comment