Covid-19 Update

Friday, September 7, 2018

विश्वका १० रहस्यमय ठाउँ, जहाँ मानिस जान डराउछन्

काठमाडौं - भनिन्छ, संसारमा कैयौ रहस्यमय ठाउँहरु छन् र त्यो वास्तविकता पनि हो । संसारको कुनाकाप्चामा रहेका कतिपय ठाउँहरु रहस्यले भरिपुर्ण छन् । जुन कल्पना मात्र गर्न सकिन्छ तर वैज्ञानिकको कुरा पत्याउने हो भने विश्वास गर्न पनि सकिन्छ । र कैयौ पटक हामीलाई त्यस्ता कुरा पत्याउनै गाह्रो पर्छ । संसारका यस्ता रहस्यमय ठाउँको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. एर्टनल फ्लेम फल्स, न्युयोर्क: एउटा सानो पानीको झरना र त्यही पानीसंगै आगोको ज्वाला देख्दा सुरुमा विश्वास गर्नै गाह्रो हुन्छ । तर यो वास्तविक हो । यस जमिनको मुनी मिथेन ग्यासको भण्डार छ । अत्याधिक ज्वलनशिल मिथेनको कारण पानी मुनीबाट पनि यस्तो जलिरहेको आगोको ज्वाला देखिन्छ ।
एर्टनल फ्लेम फल्स, न्युयोर्क
२. आओकिधारा, जापान: करिब ३५०० हेक्टर क्षेत्रको मैदानी भुभागमा फैलीएको यो जंगल जापानको सबैभन्दा सुन्दर क्षेत्र हो । तर यहाँ घट्ने भयानक घटनाका कारण मानिसहरु यस क्षेत्रमा प्रवेश गर्न डराउछन् । यहाँ सन् १९६५ देखि हालसम्म ५०० भन्दा बढि व्यक्तिले आत्महत्या गरिसकेका छन् । त्यसैले यसलाई सुसाइड जंगल पनि भन्ने गरिन्छ ।
आओकिधारा, जापान
३. रक्त झरना: अन्टार्टिका महादेशको सबै भुभाग वरफले घेरेको छ । यहिविच त्यहा यस्तो ठाउ छ, जहा रगत मिसिएको रातो झरनाझै देखिन्छ । वैज्ञानिकका अनुसार टेलर लेक क्षेत्र हुदै बग्ने यस झरनामा आइरन अक्साइड मिसिएको हुन्छ । पानीमा घुलनसिल भइ बग्ने आइरन र अन्य तत्वको मिसावटको कारण यस्तो देखिन्छ ।
. रक्त झरना
४. कानो क्रिस्टल, कोलम्विया: यसलाई विश्वकै सुन्दर नदी पनि भनिन्छ । वर्षको केहि समय अन्य नदी झै सामान्य रहने यो नदि सेप्टेम्बर र नोभेम्वर महिनामा जमिनमुनि विभिन्न विरुवा उम्रिने कारण नदिको रङ बदलिएर रातो, पहेलो, निलो कलरको देखिन्छ ।
कानो क्रिस्टल, कोलम्विया
५. मोएराकी वोल्डर्स, न्युजिल्याण्ड: दक्षिण न्युजिल्याण्डमा रहेको यस समुद्री क्षेत्रका ढुंगाहरु आफैप च्याउ आकारमा परिणत हुदै जान्छन् । करोडौको संख्यामा रहेका यि ढुंगा १२ फिटको गोलाईमा फैलिएर बनेका छन् । जीवको शरिरमा रहेको फस्फोरस र मिनरल्सको कारण ढुंगामा यस्तो असर पर्दै जान्छ ।
मोएराकी वोल्डर्स, न्युजिल्याण्ड
६. नर्वे: नर्वेको लोन्गीवाएन, हरेक वर्ष २० अप्रिल देखि २३ अगस्ट लगभग चार महिनासम्म यस क्षेत्रमा रात पर्दैन । जहाँ सुर्य कहिल्यै अस्ताउदैन । वायोलोजिकल फरकपनाका कारण यस क्षेत्रमा बस्ने व्यक्तिको मानसिक समस्या बढि हुन्छ ।
नर्वे
७. स्लिन स्टोन चीन: चीनको युयान प्रान्तमा रहेको यस क्षेत्रमा रुख मात्र नभई चट्टान पनि रुख जस्तै अग्ला र लामा छन् ।
स्लिन स्टोन चीन
८. रिचाट स्ट्रक्चर: मोरिटेनियाको रेगिस्तान क्षेत्रमा एक विशाल गोलाकार क्षेत्र छ । जहाँ सर्पको कुण्डली जस्तै आकार देखिन्छ । आकाशबाट भने स्पष्ट देख्न सकिने यस क्षेत्रलाई जमिनबाट राम्ररि नियाल्न सकिदैन । वैज्ञानिकका अनुसार यो क्षेत्र उल्का पिण्ड खसेको कारण बनेको हुन सक्ने अनुमान छ ।
रिचाट स्ट्रक्चर
९. सोलार द उयुनी, बोलीभिया: १० वर्ग किलोमिटर भन्दा बढि क्षेत्रमा फैलीएको यो क्षेत्र एकदमै समथल छ । थोरै पानी र बढि नुनको मात्रा रहेको यस क्षेत्रमा एक रहस्यम मिराकल देखा पर्दछ । ऐनामा जस्तै असर पर्ने यस क्षेत्रमा जमिन र आकाशको फरक छुट्याउन पनि गाह्रो हुन्छ ।
सोलार द उयुनी, बोलीभिया
१० सेलिङ स्टोन क्यालीफोनीया: कैयौ चट्टान जमिनमुनि भासिएका छन् भने कैयौ जमिनमाथि नै । कतिपय ठाउमा बाटो समेत देखा पर्ने यस क्षेत्रको रहस्यमयको कारण हालसम्म कुनैपनि वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।
सेलिङ स्टोन क्यालीफोनीया

Thursday, September 6, 2018

जो स्टेडियममै बसेर पनि वर्ल्डकप हेर्न पाउँदैनन्



एजेन्सी - विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल २०१८ अहिले रसियामा समापनको संघारमा छ । पूरै विश्वको ध्यान रसियामा केन्द्रित छ अहिले । विश्वभरका सञ्चारमाध्यममा विश्वकपकै समाचारले प्राथमिकता पाइरहेका छन् । सामाजिक सञ्जाल विश्वकपले छपक्कै छोपिएका छन् । यसले पनि विश्पकप फुटबलप्रतिको क्रेजलाई देखाउँछ ।
जो स्टेडियममै बसेर पनि वर्ल्डकप हेर्न पाउँदैनन् ‘स्टुअर्ट’
तर, यस्ता केही अभागीपनि छन्, जसले विश्वकप फुटबल खेल भैरहेको रंगशालामै रहेर पनि खेल हेर्न पाउँदैनन् । उनीहरुलाई स्टुअर्टभनिन्छ । स्टेडियममा हुने, हुनसक्ने झगडा र हुलहुज्जतलाई नियाल्न स्टुअर्टस्टेडियममा तैनाथ हुन्छन् । उनीहरु दर्शकतिर फर्किएर उभिनुपर्छ । गोल हानेको महत्वपूर्ण क्षण होस् या अन्य महत्वपूर्ण अवसर, कुनै पनि बेला उनीहरु स्टेडियमतिर फर्किन पाउँदैनन् ।

यस्तै, विश्वकप फुटबल हेर्न नपाउने अभागी हुन्, स्वयंसेवक पनि । विश्वकप फुटबलको स्वयंसेवकका रुपमा  खटिएकाहरुले पनि खेल हेर्न पाउँदैनन् । जारी विश्वकपमा १७ हजार ४० जना स्वयंसेवक खटिएका छन् । ११२ देशका करिब २ लाख आवेदकमध्येबाट फिफाले उक्त स्वयंंसेवक छानेको थियो । यसमध्ये ६० प्रतिशतभन्दा धेरै महिला रहेका छन् । यी स्वयंसेवक विमानस्थल, होटलदेखि स्टेडियमसम्म खटिएका हुन्छन् ।

भीएआर के हो ? विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !


काठमाडौं विश्वकपमा भीएआर शब्द अहिले लोकप्रिय छ । सन् २०१८ मा इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भीएआर पद्धतिलाई खेलको कानुनकै रूपमा अवलम्बन गरिसकेको छ । भिडियो असिस्टेन्स रेफ्री (भीएआर)पद्धतिअन्तर्गत मुख्य रेफ्रीले भिडियो फुटेज हेरेर खेलको समीक्षा रिभ्युगर्न सक्छ । 

मुख्यतः चार अवस्थामा भीएआर प्रयोग गरिन्छ:
१) गोल भएको हो कि हैन भनेर बुझ्न ।
२) पेनाल्टीको निर्णय लिनुपर्दा ।
३) रेडकार्ड देखाउने अवस्था आएमा ।
४) रातो र पहेँलो कार्ड पाउनुपर्ने व्यक्ति को हो भनेर चिन्न ।
भीएआर के हो ? विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !
अन्तर्राष्ट्रिय खेलका लागि भीएआर पहिलोपटक इङ्ल्यान्डमा प्रयोग भएको थियो । सन् २०१७ मा थ्री लायन्सर जर्मनी बीचको खेलमा यो नियमको प्रयोग भयो । चलिरहेको विश्वकपमा भीएआर पद्धतिको थुप्रैपटक प्रयोग भइसकेको छ । रेफ्रीले मैदानमा हुने विभिन्न आलोचनालाई समाधान गर्न भीएआर पद्धति प्रयोग गरिरहेका छन् ।
१५ जुन २०१८ को विश्वकपमा पहिलो भीएआर पोर्चुगल र स्पेनको खेलमा प्रयोग गरिएको थियो । डिएगो कोस्टाको गोलमा रेफ्रीले यो प्रविधि प्रयोग गरे । यसै विश्वकपमा जुन १६ का दिन फ्रान्स र अस्ट्रेलियाको खेलमा भीएआर हेरेर पेनाल्टी दिइएको थियो ।

विश्वकप फुटबलमा भीएआर प्रविधिले विवाद बढायो !

रसियामा जारी विश्वकप फुटबलमा नयाँ प्रविधिको प्रयोग गरियो, भिडियो असिष्टेन्ट रेफ्रि (भीएआर) । रसिया विश्वकपमा फिफाले नयाँ प्रविधिको प्रयोग गर्दै खेललाई अझ स्वच्छ बनाउने प्रयास गरेको छ ।

सन् २०१७ मा भएको फिफा कन्फिडेरेसन कपमा भीएआर प्रविधि परीक्षण गरिएको थियो । विश्वकपकै लागि लक्षित गर्दै फिफाले कन्फिडेरेसन कपमा भिएआरको परिक्षण गरेको थियो ।

फिफाले ४ वर्ष अगाडि ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल लाइन प्रविधिको प्रयोग गरेको थियो । भीएआर मैदानमा खेलाडीले गरेका अन्जानमा भएको गल्ती केलाउने मुख्य माध्यम हो । यसमा खेलाडीले गरेका गल्तीलाई दोहोर्याएर हेर्न सकिन्छ । खेलको दौरानमा खेलाडीले फल गरेको हो कि होइन भिडियो हेरेर त्यहिअनुसारको निर्णय रेफ्रिले लिने गर्दछन् ।

भीएआर प्रविधि प्रयोगले खेल स्वच्छ हुन सघाएको छ । तर, पनि यसको खेलैपिच्छे  विवाद हुने गरेका छन् । पछिल्लो समय भिएआर प्रविधिको कारण पेनाल्टी र पहेंलो कार्ड बढी प्रयोग भएको छ ।

प्रि-क्वाटरफाइनलमा ब्राजिलका स्टार खेलाडी नेयमार मैदानमा लडेको अवस्थामा मेक्सिकोका खेलाडी म्यानुअल लायुनले बल खोस्ने बेला टेकेका थिए । नेयमारले आफुलाई टेकेको र सहनै नसक्ने गरि चोट लागेको भन्दै मेक्सिकोका खेलाडीमाथि कार्डको अपिल गरेका थिए । तर, भीएआर र म्याच रेफ्रिले त्यस्तो फल नभएको निष्कर्ष निकालेका थिए । यो विषयलाई लिएर सामाजिक सञ्जालमा नेयमारले अभिनय गरेको आरोप उनीमाथि लागेको थियो ।

त्यस्तै, ब्राजिलकै अर्को कोस्टारिकासँगको खेलमा नेयमार कोस्टारिकाको डि बक्स भित्र लडेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएका थिए । तर, रेफ्रीले भीएआर रिभ्युपछि उक्त पेनाल्टी रद्द गरेका थिए ।

भीएआर बारे यस्तो भन्छन् रेफ्री र खेलाडी

भीएआर बारे विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यस्तै प्रतिक्रियाहरु खेलाडी र रेफ्रीहरुले पनि रहेका छन् । यसैबीच युरो कपका आधिकारिक रेफ्री मार्क क्लेटेनबर्गले भनेका छन् भीएआरलाई लिएर इंग्ल्यान्डको एफए क्लबले गरेको प्रतियोगिताको अन्त्यमा धेरै नकारात्मक कुरा भयो ।

उनले अगाडि भने तरपनि फिफाले यसको प्रयोग राम्रोसँग गर्नेछ उसले २ वर्ष अगाडि नै यसको सफल परीक्षण गरिसकेको छ ।त्यस्तै, स्पेनका कप्तान सर्जियो रामोसले भीएआरबारे भनेका छन् भीएआरले हामीलाई बचाउँदैन, यसले मात्र सत्य कुरा देखाउँछ ।

यस्तै, जर्मनीका फुटबलर सामी खादिराले भनेका छन् फुटबलले पनि भावनाहरु बोकेको हुन्छ तर, अहिले खेलाडीलाई गोल सेलिबे्रशन गर्ने वा नगर्ने भन्ने नै थाहा हुँदैन् त्यो भनेको फुटबलको मृत्यु हो ।

इटालीका फुटबल रेफ्री निकोला रिजोली भन्छन्, “प्रविधिले गल्ती रोक्दैन्, त्यो असम्भव छ । यसले गल्ती हुनबाट रोक्ने मात्र हो ।

Wednesday, September 5, 2018

फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू


काठमाडौं - फिफा विश्वकपमा कुनै समयमा आफ्नो अदभुत खेल प्रदर्शनका कारण नाम कहलिएका धेरै नै खेलाडीहरु छन् तर ती मध्ये फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू भने यसप्रकार छन् 

फ्रान्ज बेकेनबाउर

डेल केसरअर्थात् सम्राटको उपनामबाट परिचित फ्रान्ज बेकेनबाउर आफ्नो समयमा जर्मन टोलीका मेरुदण्ड नै थिए। सन् १९७४ को विश्वकपमा जर्मन टोलीको प्रेरणादायी कप्तानको भूमिका तथा मिडफिल्डमा उत्कृष्ट सुझबुझ भएका कारण नै आफ्नो राष्ट्र जर्मनीलाई उक्त संस्करणको विश्वकप दिलाएका थिए। टोटल फुटबल खेल शैलीमा पोख्त तथा उपाधिको दाबेदार नेदरल्यान्डलाई अप्रत्यासित तरिकाले पराजित गरी उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण बनेको थियो। 

खेलाडी छँदा जर्मनीका तर्फबाट दोस्रोपटक विश्वकप उपाधि उचालेका उनले प्रशिक्षकको भूमिकामा सन् १९९० को इटलीमा सम्पन्न विश्वकपमा आफ्नो राष्ट्रलाई तेस्रोपटक उपाधि दिलाउन सफल भएका थिए। यस्तै सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा पनि उनको प्रशिक्षणमा रहेको जर्मनी उपविजेता बनेको थियो। उनी खेलको अवस्था बुझेर सोहीअनुरूप आफू खेल्ने स्थान परिवर्तन गर्न माहिर खेलाडी मानिन्छन्। उनी रक्षक, मिडफिल्डर र स्ट्राइकिंग सबै भूमिकामा समेत जमेर खेल्ने खुबी भएका खेलाडी थिए।
फिफा विश्वकपका ५ सदावहार खेलाडिहरू

कमै खेलाडी त्यस्ता हुन्छन् जसको एकल प्रयासका कारण टोलीले सफलता पाउने गर्दछ। फिफा विश्वकपको इतिहासमा पनि त्यस्ता थुप्रै खेलाडी उदाइसकेका छन्। तीमध्ये पनि कतिपय यस्ता खेलाडी छन् जसको चर्चा फिफा विश्वकपसँग अटुटरूपमा जोडिएको छ। यसै प्रसंगसँग जोडिएका केही सदाबहार खेलाडीको छोटो चर्चा ।

राष्ट्रियता जर्मनी
खेल्ने स्थान मिडफिल्डर
क्लब बार्यन म्यूनिख (१९६४७७),
न्यूयोर्क कसमस (१९७७८०), हामबर्ग एसभी (१९८०८२), न्यूयोर्क कसमस (१९८३)
अन्तर्राष्ट्रिय क्यारियर १०३ खेलमा १४ गोल
विश्वकप सहभागिता सन् १९६६, १९७०, १९७० गरी १८ खेलमा ५ गोल
विश्वकपको उत्कृष्ट क्षण सन् १९७४ विश्वकपमा जर्मन टोलीको कप्तानको भूमिका रहँदा
टोलीमा योगदान विश्वकप विजेता सन् १९७४, उपविजेता १९६६, तेस्रो स्थान १९७०

एड्सन अरान्टेस डो नासीमेन्टो (पेले)

सायद अहिले हामी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये सबैभन्दा उत्कृष्ट फुटबलर को होला भनेर सोच्ने गर्छौ। तर विश्वकपलाई आधार मान्ने हो भने ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन तथा खेल्ने शैलीलाई अहिलेसम्म अरूले माथ दिन मुस्किल पर्ने देखिन्छ। फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका व्यक्ति हुन्। उनी फुटबलमा बाइसाइकल किकमार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन्। उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका विशेषज्ञका रूपमा समेत चिनिन्थे। उनी आफ्नो अचुक तथा शक्तिशाली बल प्रहार गर्ने क्षमताका कारण विपक्षी गोलरक्षकमाथि सधैं मनोवैज्ञानिक दबाब दिन सफल हुन्थे।

१७ वर्षको कलिलो उमेरमै सन् १९५८ को विश्वकप फाइनलमा २ गोल गर्दै आफ्नो टोलीलाई उपाधि विजेता बनाएका ब्राजिलियन टोलीका सदस्य पेलेले आफ्नो राष्ट्र ब्राजिललाई ३ पटक विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए। पेले एक्ला खेलाडी हुन् जसले आफ्नो सक्रिय खेल जीवनमा आफ्नो राष्ट्रलाई अहिलेसम्म ३ पटक विश्वकप फुटबलको उपाधि जिताउँदा प्रमुख भूमिका निर्वाह गरेका थिए।

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर र आक्रामक मिडफिल्डर
क्लब सान्तोस (१९५६७४),
न्यूयोर्क कसमस (१९७५७७)
अन्तर्राष्ट्रिय क्यारियर ९२ खेलमा ७७ गोल
विश्वकप सहभागिता १९५८, १९६२, १९६६, १९७० मा गरी १४ खेलमा १२ गोल गरेको
विश्वकपको उत्कृष्ट क्षण सन् १९७० ब्राजिललाई तेस्रोपटक विश्वकप उपाधि दिलाउँदा
टोलीमा योगदान विश्वकप विजेता १९५८, १९६२, १९७४

डिएगो अर्मान्डो म्याराडोना

राष्ट्रियता अर्जेन्टीना
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब अर्जेन्टीनोस जुनियर्स (१९७८८०), बोका जूनियर्स (१९८१८२), बार्सिलोना (१९८२८४), नेपोली (१९८४९१), सेभिल्ला (१९९२९३), न्युवेल्स ओल्ड बोयज (१९९३९४), बोका जूनियर्स (१९९५९८)
अन्तर्राष्ट्रिय क्यारियर ९१ खेलमा ३४ गोल
विश्वकप सहभागिता सन् १९८२, १९८६, १९९०, १९९४ गरी २१ खेलमा ८ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण आफ्नो कप्तानीमा सन् १९८६ को विश्वकप उपाधि जित्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९८६, उपविजेता सन् १९९०

सधैं पेले र डिएगो म्याराडोनामा उत्कृष्ट को भन्ने कुराको विवाद हुने गरेको छ। यी २ खेलाडी आआफ्नै कालका उत्कृष्ट फुटबलर हुन्। यद्यपि नतिजाको आधारमा विश्लेषण गर्नुपर्दा दुवैजनाले विश्वकपको ४ संस्करण खेलेका छन्। जसमध्ये पेलेसहितको ब्राजिलले ३ पटक उपाधि जितेको छ भने म्याराडोनासहितको अर्जेन्टीना भने १ पटक विश्व च्याम्पियन भएका छन्। यस अर्थमा पनि पेलेभन्दा म्याराडोना पछि रहेको स्पष्ट हुन्छ।

होचा कदका म्याराडोना बल ड्रिब्लिंगमा पोख्त हुनुका साथै अचुक प्रहारमा गोल गर्नसमेत माहिर थिए। मैदानको हरेक कोणमा प्राप्त बलबाट अवसर सिर्जना गर्न उनी सिपालु थिए। तीव्र गतिमा पनि बललाई चुम्बकसरह आफ्नो नियन्त्रणमा राख्ने खुबीका कारण नै उनको क्रेज अझैपनि विश्वभरि घटेको छैन।

उनी १७ वर्षको हुँदा नै सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीमा बोलाइएका थिए। तर अन्तिममा प्रशिक्षक लुइस मेनोत्तीले उनलाई टिमबाट फर्काएका थिए। उनले सन् १९८२ मा विश्वकपमा भने डेब्यु गरेका थिए। त्यसको ४ वर्षपछि भने उनले आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकि राखेनन्। 

सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा आफ्नो विलक्षण क्षमताको भरमा उनले आफ्नो राष्ट्रलाई दोस्रोपटक विश्वकपको उपाधि दिलाए। त्यतिबेला इंग्ल्यान्डविरुद्ध उनले गरेको हाते गोलले अहिलेसम्म चर्चा पाउँदै आएको छ। सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका ५ जना खेलाडीलाई छक्याउँदै गरेको गोलको लोकप्रियता अहिलेसम्म भाइरल नै छ। उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलमध्येमा गनिएको पनि छ। 

खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादमा मुछिए। लागूऔषध सेवन तथा उग्र व्यवहारका कारण उनले आफ्नो गर्विलो छविलाई धमिलो बनाएका थिए। उनी सन् २०१० मा अर्जेन्टिनाको प्रमुख प्रशिक्षकका रूपमा दक्षिण अफ्रिका पनि पुगेको थिए। तर प्रशिक्षकको रूपमा भने उनको टिमले वाहवाही बटुल्ने कुनै प्रदर्शन गर्न सकेन।

रोनाल्डो लुइस नजारियो डे लिमा

सन् १९९४ देखि २००२ सम्म १२ वर्षको अन्तरालमा ब्राजिलले लगातार ३ पटक विश्वकपको फाइनल खेलेको थियो। जसमध्ये २ पटक ब्राजिल च्याम्पियनसमेत बनेको थियो। ब्राजिल ३ पटक विश्वकपको फाइनल पुग्दा टिमका एक सदस्य बनेका थिए रोनाल्डो। सन् १९९४ को विश्वकपमा बेन्चमै बिताएका उनले सन् २००२ को विश्वकप उपाधि आफ्नो राष्ट्रलाई दिलाउन प्रमुख भूमिका खेलेका थिए।

किर्तीमानी पाँचौपटक विश्वकप जित्ने क्रममा जर्मनीलाई फाइनलमा २० ले पराजित गर्दा दुवै गोल उनले गरेका थिए। त्यसअघि सन् १९९८ को फ्रान्समा सम्पन्न विश्वकपमा पनि ब्राजिललाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सम्मिलित ब्राजिल पालैपालो गरी कीर्तिमानी चौथौ र पाँचौपटक विश्वकपको उपाधि जित्ने पहिलो टोलीसमेत बन्यो। ब्राजिलमा सम्पन्न गत विश्वकपमा मिरोस्लाभ क्लोजले किर्तिमानी १६ गर्नुअघि सर्वाधिक १५ गोल गरेर रोनाल्डो उक्त सूचीको शीर्षस्थानमा रहेका थिए।

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर
क्लब क्रुजिएरो (१९९३९४), पिएसभी आइन्डहोभेन (१९९४१९९६), बार्सिलोना (१९९६९७),
इन्टर मिलान (१९९७२००२), रियल मेड्रिड (२००२०७), एसी मिलान (२००७०८), कोरिन्थियन्स (२००९११)
अन्तर्राष्ट्रिय क्यारियर ९८ खेलमा ६२ गोल
विश्वकप सहभागिता १९९४, १९९८, २००२, २००६ गरी १९ खेलमा १५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् २००२ विश्वकपको फाइनलमा निर्णायक २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९४ तथा २००२, उपविजेता १९९८

जिनेदिन यजीद जिदान

सन् १९९८ विश्वकप फुटबलका आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन जिदान। हाल स्पेनिस क्लब रियल मेड्रिडमा पनि उनी सफल प्रशिक्षकका स्थापित भइसकेका छन्। सन् १९९८ विश्वकप फाइनलमा ब्राजिलविरुद्ध २ गोल गर्दै मत्वपूर्ण भूमिका खेलेका जिदानको खेल कौसल वास्तवमै उच्च श्रेणीको थियो। मैदानमा आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने उनी स्ट्राइकरलाई सहज स्थानमा बल उपलब्ध गराउन माहिर थिए। कलात्मक तरिकाले दुवै खुट्टाले बल छक्याउनसमेत उनी सिपालु थिए।

सन् २००० को युरोकपको उपाधिसमेत आफ्नो राष्ट्रलाई दिलाउँदा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यति हुँदाहुँदै पनि सन् २००६ को जर्मनी विश्वकपलाई उनले बिर्सनलायक बनाएका थिए। शान्त स्वभावका भए पनि चाँडै रिसाउने बानीका कारण उनले इटलीविरुद्धको फाइनलमा इटालियन रक्षक मातेराजीलाई छातीमा टाउकाले हानेर रातो कार्डका सिकार हुनुपरेको थियो। उक्त रातो कार्ड दर्शनपछि आफ्नो गर्विलो क्यारियरमा तीतो अनुभव पनि सँगाल्दै सक्रिय खेल जीवनबाट समेत सन्यास लिएका थिए।

राष्ट्रियता फ्रान्स
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब कान्नेस (१९८८९२), बौर्डीओक्स (१९९२९६), युभेन्टस (१९९६०१), रियल मेड्रिड (२००१०६)
अन्तर्राष्ट्रिय क्यारियर १०८ खेलमा ३१ गोल
विश्वकप सहभागिता १९९८, २००२, २००६ गरी १२ खेलमा ५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् १९९८ को विश्वकप फाइनलमा २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९८ तथा उपविजेता सन् २००६

फिफा विश्वकपमा नेपालको सहभागिता


काठमाडौं सन् १९५१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना भए पनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको हो। फिफाको सदस्यता पाएको १५ वर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो। फिफाको आधिकारिकतापश्चात् सन् १९७० देखि १९८५ सम्म सम्पन्न फिफा विश्वकपको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो। सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले अहिलेसम्म ७ पटक प्रतिस्पर्धा गरिसकेको छ। यस्तै सन् १९९४ र २००६ को विश्वकप छनोट चरणमा भने नेपालले भाग नै लिएन। यस क्रममा नेपालले खेलेको कुल २८ म्याचमा विपक्षी टोलीसँग १ सय १ गोल बेहोर्दा १६ गोल मात्र फर्काएको छ।

पहिलो सहभागिता

सन् १९८६ मा मेक्सिकोले विश्वकप आयोजना गरेको थियो। फिफा विश्वकप प्रतियोगिताका लागि एसियाली छनोटमा सहभागी बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले फुटबलको महाकुम्भबाट परिचित विश्वकप फुटबलसँग पहिलो पटक नाता गाँसेको हो। एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले छनोट चरणअन्तर्गत एसिया महादेशबाट सहभागी २७ राष्ट्रलाई बीगरी दुई क्षेत्रमा विभाजित गरी होम एन्ड अवेको ढाँचामा खेलायो। जसमध्ये प्रत्येक क्षेत्रमा चार उपसमूह बनेकोमा नेपाल क्षेत्र बीको समूह १ मा परेपछि दक्षिण कोरिया र मलेसियाको चुनौती पाएको थियो। जसअनुरूप नेपालले छनोट चरणको पहिलो खेल सन् १९८५ मार्च २ मा भरिभराउ दशरथ रंगशालामा दक्षिण कोरियासँग खेलेको थियो।
फिफा विश्वकपमा नेपालको सहभागिता

खेलको ३५औं मिनेटमा रूपकराज शर्माको आत्मघाती गोलबाट मध्यान्तरसम्म नेपाल १० ले पछि परेको थियो। यस्तै ६४औं मिनेटमा दक्षिण कोरियाका ली ते होले पेनाल्टीमार्फत गोल थपेपछि नेपाली टोली २० ले पराजित भयो। यस्तै समूह चरणअन्तर्गत मार्च १६ मा भएको दोस्रो खेलमा नेपाललाई दशरथ रंगशालामा मलेसियाले पनि २० ले नै पराजित गरेको थियो।

यस्तै अवेम्याचअन्तर्गत सन् १९८५ को मार्च ३१ मा मलेसियासँग उसैको गृह मैदानमा भएको खेलमा ५० ले पराजय बेहोरेको नेपाल ६ अप्रिलमा सियोल रंगशालामा दक्षिण कोरियासँग पनि ४० ले पराजित भयो। यसरी नेपालले विश्वकप छनोट चरणअन्तर्गत आपफ्नो  पहिलो सहभागितामा खेलेको चार खेलबाट कुल १३ गोल बेहोर्दा विपक्षीलाई कुनै गोल फर्काउन नसकी घर फर्कनुपरेको थियो।

दोस्रो सहभागिता

सन् १९९० मा इटालीमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताका लागि छनोटमा एसियाका २५ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको थियो। जसअनुरूप नेपालले समूह ४ मा रही दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भारतको चुनौती पाएको थियो। तर भारत छनोट चरणमा सहभागी नभएपछि नेपालले तीन राष्ट्रसँग मात्र प्रतिस्पर्धा गरेको थियो। जसअनुसार नेपालले प्रत्येक सहभागी राष्ट्रसँग दुईपटक गरी कुल ६ म्याच खेलेको थियो।
नेपालले पहिलो खेल सन् १९८९ मे २३ मा मलेसियाविरुद्ध खेलेको थियो। दक्षिण कोरियाको सियोलस्थित दोङग्देमुन रंगशालामा भएको उक्त खेलमा मलेसियाले नेपाललाई २० ले पराजित ग¥यो। मलेसियाका लागि अजिजोलले दोस्रो मिनेटमै गोल गरेको उक्त खेलको ९०औं मिनेटमा डोल्ला सालेहले पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए। यस्तै दोस्रो खेलमा दक्षिण कोरियाले नेपाललाई ९० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा सिंगापुरसँग पनि नेपाल ३० ले पराजित भएको थियो। यसैगरी सिंगापुरमा भएको दोस्रो चरणको खेलमा दक्षिण कोरियासँग ४, सिंगापुरसँग ७० तथा मलेसियासँग ३० गोल अन्तरले हार्दा छनोट चरणभरि नेपालले कुल २८ गोल बेहोर्दै घर फकिर्नुपरेको थियो।

तेस्रो सहभागिता

सन् १९९४ को विश्वकप छनोट चरणमा नखेलेका नेपालले सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपका लागि एसियाली छनोट खेलेको थियो। जसअन्तर्गत एसियाका ३६ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो। नेपालले समूह ४ मा जापान, ओमान र मकाउको चुनौती पाएको थियो। ओमानमा सम्पन्न पहिलो चरणको खेलमा मकाउसँग ११ गोलको बराबरीसँगै नेपालले विश्वकप छनोटमा पहिलोपटक अंक बटुल्नुका साथै पहिलो गोलसमेत गर्न सफल भयो।

खेलको १३औं मिनेटमा मकाउसँग १० ले पछि परेको नेपालका लागि हरि खड्काले खेलको २३औं मिनेटमा उक्त बराबरी गोल फर्काएका थिए। यस्तै दोस्रो खेलमा ओमानसँग १० ले हार बेहोरेको नेपाललाई तेस्रो खेलमा जापानले ६० ले पराजित गरेको थियो। यसैगरी जापानमा भएको दोस्रो चरणको खेलमा ओमानसँग ६, जापानसँग ३० तथा मकाउसँग २१ ले पराजित हँुदै ६ खेलबाट १ अँक जोड्दा २ गोल गरेको बदला १९ गोल बेहोर्दै छनोट चरण टुंग्याएको थियो।

चौथो सहभागिता

सन् २००२ मा पहिलोपटक एसिया महादेशमा हुने तय भयो। दक्षिण कोरिया र जापानले संयुक्तरूपमा आयोजना गरेको सो विश्वकप छनोटका लागि एसियाको ४० राष्ट्रलाई १० समूहमा विभाजन गरीएको थियो। नेपालले समूह ६ मा कजाखस्तान, मकाउ र इराक सम्मिलित टोलीमा परेको थियो। दुई चरणमा खेलाइएको उक्त प्रतिस्पर्धा अन्तर्गत समूहमा रहेका प्रत्येक टोलीसँग दुई खेल भएको थियो। जसअनुसार बग्दादमा भएको आफ्नो पहिलो खेलमा नेपाललाई कजाखस्तानले ६० ले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा इराकसँग ९१ ले हार्दा नेपालका लागि निराजन रायमाझीले एक गोल फर्काएका थिए।

तेस्रो खेलमा भने मकाउलाई ४१ ले हराउँदै विश्वकप छनोट चरणमा नेपालले पहिलो पटक जितको स्वाद चाखेको थियो। नेपाललाई उक्त ऐतिहासिक जित दिलाउन निराजन रायमाझीले २ तथा हरि खड्का र वसन्त थापाले १÷१ गोल गरेका थिए। यस्तै कजाखस्तानको अल्माटीमा सम्पन्न दोस्रो चरणको खेलमा कजाखस्तानले नेपाललाई ४० ले पराजित गरेको थियो। यस्तै इराकसँग ४२ ले हारेको नेपालले अन्तिम खेलमा मकाउलाई ६१ को फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालका तर्फबाट निराजन रायमाझीले याट्रिक पूरा गरेको उक्त खेलमा बालगोपाल महर्जन, दीपक लामा तथा वसन्त थापाले १÷१ गोल गरेका थिए। उक्त छनोट चरणअन्तर्गत समग्रमा नेपालले ६ खेलबाट ६ अंक जोड्दै २५ गोल बेहोर्दा विपक्षीलाई १३ गोल फर्काउन सफल भयो। उक्त नतिजा नेपालले विश्वकप छनोटमा अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शनसमेत हो।

पाँचौं सहभागिता

सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपका लागि छनोट नखेलेको नेपालले सन् २०१० को विश्वकपका लागि पाँचौंपटक छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो। सन् २०१० मा दक्षिण अफ्रिका आयोजक रहेको विश्वकपका लागि एसियाका ४३ राष्ट्रहरूलाई वरीयताक्रमअनुसार छनोट चरणका खेलहरू खेलाइएको थियो।

जस अनुसार वरीयताक्रममा रहेका एकदेखि ५ स्थानसम्मका राष्ट्रहरूले सोझै अन्तिम चरणमा खेलेका थिए। ६ देखि २४औं स्थानमा रहेका राष्ट्रहरूले भने २५ देखि ४३औं स्थानमा रहेका राष्ट्रहरूसँग होम एन्ड अवेको ढाँचामा खेलेका थिए। जसअनुसार नेपालले ओमानको चुनौती पाएको थियो।

अवेम्याचअन्तर्गत ओमानको राजधानी मस्कटमा भएको खेलमा नेपाल ओमानसँग २० ले हारेको थियो। दशरथ रंगशालामा भएको दोस्रो खेलमा पनि ओमानले नेपाललाई २० ले नै पराजित गरेको थियो। समग्रमा दुई खेलमा चार गोल बेहोर्दै नेपालले विश्वकप छनोट चरण टुंगेको थियो।

छैठौं सहभागिता

सन् २०१४ को ब्राजिल विश्वकपका लागि एसियाली राष्ट्रको वरीयताक्रमअनुसार खेलाइएको थियो। छैठौं स्थानभन्दा माथिका ३० राष्ट्रहरूलाई होम एन्ड अवेको ढाँचामा खेलाइएको थियो। जसअनुसार नेपालले जोर्डनको सामना गरेको थियो। अवेम्याचअन्तर्गत अम्मानमा सम्पन्न खेलमा नेपालले जोर्डनसँग ९० को लज्जास्पद हार बेहोरेको थियो। 

यस्तै काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो खेलमा भने जोर्डनलाई ११ गोलको बराबरीमा रोक्न सफल भएको थियो। उक्त समय फिफा वरीयताक्रममा नेपालभन्दा धेरै माथि रहेको जोर्डनलाई ११ गोलको बराबरीमा रोक्नु पनि नेपाली फुटबलका लागि ठूलो उपलब्धि नै सावित भएको थियो। नेपालका लागि भरत खवासले बराबरी गोल फर्काएका थिए।

सातौ सहभागिता

यसअघिका फिफा विश्वकप छनोटमाझैं २०१८ को छनोटमा पनि नेपालको नतिजामा कुनै आश्चर्यजनक फेरबदल भएन। एसियाली वरीयताअनुसार उत्कृष्ट ३४ स्थानभित्र पर्न नसकेका भारत र नेपालले प्रारम्भिक छनोट खेलेका थिए। होम एन्ड अवेप्रणालीमा भएको उक्त दुई लेगको खेलमा भारतले आफ्नो मैदानमा नेपाललाई २० ले हराएको थियो। काठमाडौंमा भएको दोस्रो लेगमा भने नेपालले गोलरहित बराबरीमा खेल टुंग्याएको थियो। समग्रमा नेपाल २० ले पराजित भएपछि एसियाली छनोटको प्रमुख ड्रमा भारतले आफ्नो नाम लेखायो।

भारतको गुवाहाटीमा २०१५ को मार्च १२ मा भएको पहिलो लेगमा नेपालविरुद्ध सुनिल क्षेत्रीले गरेको २ गोल नै भारतलाई अघिल्लो चरणमा पु¥याउन पर्याप्त बन्यो। यद्यपि त्यसको ५ दिनपछि काठमाडौंमा भएको दोस्रो लेगको खेलमा नेपाली फुटबल टोलीले प्रतिस्पर्धामा पुनरागमन गर्ने भरमग्दुर प्रयास नगरेको भने होइन। 

सदाझैं सराहनीय प्रदर्शन गरे पनि गोल नगर्ने पुरानो रोगबाट ग्रस्त नेपालले खेलको अधिकांश समय भारतलाई पूर्ण दबाब राखेर दर्शकहरूको मन जित्ने खेल पस्केको थियो। तर खेलमा आवश्यक गोल नै गर्न नसकेपछि नेपालको चुनौती समाप्त भएको थियो।