Covid-19 Update

Wednesday, February 13, 2019

१३०० बर्ष नेपालमा शासन गरेका इमान्दार र साहसी मानिने राई जातिको बारेमा केहि जानौ


काठमाडौं राई नेपालको एक जनजाति हो। यो मंगोलियन प्रजातिमा पर्दछ जो नेपालको पूर्वी पहाड्को आदिबासि हुन्, तर अहिले पूर्वी तराई लगायत काठमाडौं उपत्यका, दार्जिलिङ सिक्किम्, भुटान अनि पूर्वी भारत तिर पनि प्रसस्त यो जातिको बसोबास् भएको पाइन्छ। यस जातिमा अनेक थर-उपथर हुन्छ। जस्तै प्रमुख खालिङ साङपाङ,नाछिरिङ्(बाङ्देल्,सोताङ राखाली पाराली आदी लगायत सबै नाछिरिङ हुन जस्को १२९ पाछ रकेको छ्), चाम्लिङ, हाङ्खिम, यामदाङ, पुमा, इसारा, ओक्छाली, बुखिम, सिवाङ, निवाङ, लोहोरुङ्, बान्तवा, कुलुङ्, थुलुङ्, दुमि, देवास, सोताङ, आदि राईका थरहरू हुन्
१३०० बर्ष नेपालमा शासन गरेका इमान्दार र साहसी मानिने राई जातिको बारेमा केहि जानौ
राई प्राचीन नेपाली भाषामा राजाहरूलाई बुझाउने कर्णाली प्रदेशको सम्मानबोधक शब्द, यो नेपालको धेरै पुरानो एक किराँती जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। यो जातिले नेपलमा करिब १३०० बर्ष राज गरेका थिए। पहिलो किराँती राजा यलम्बर हो। यो राई शब्द प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने पनि उल्लेख छ।

खासगरी राईहरूको मूलथलो पूर्वी पहाडको वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भएको बताइन्छ। अर्थात इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ जिल्ला र धनकुटा यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै राईहरू सुनसरी, मोरङ्ग, झापा, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

पहाडी क्षेत्रमा राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। बान्तवा थरका राईमा रक्सी, बोकाको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिक मनिसहरू इमानदार र शाहसि पनि मनिनछन्। राई जाती भित्र करिब ३६ भाषा छन् र यि सबै भषा बोलचालमा प्रयोग भएको पाइन्छ।

राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपहरिया राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। मायाप्रेमकै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । राईहरू भूतप्रेतमा विश्वास गर्छन्। राई जातिमा सियेभन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई राई भाषामा टाङ चीभनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर नागीभन्ने पूजा समेत गर्दछन्।

No comments:

Post a Comment