Covid-19 Update

Friday, February 15, 2019

प्रेमका ९ वैज्ञानिक फाइदा, ‘फूल’ दिएर होइन चोखो ‘मन’ दिएर

काठमाडौं - भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि यो एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो। यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ।
प्रेमका ९ वैज्ञानिक फाइदा, ‘फूल’ दिएर होइन चोखो ‘मन’ दिएर
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः

छालामा चमक
मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।
डिप्रेसन जित्ने शक्ति
माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ।

कमजोरीबाट टाढै राख्छ
अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।

रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।

तनाव घटाउँछ
मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाई खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।

उपचार छिटो
हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ।

दीर्घायुको अवसर
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।

शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।

मासिक धर्म नियमित
माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो। तसर्थ आफ्नो मासिक धर्मलाई नियमित गरी स्वस्थ जीवन बाँच्ने हो भने आजैदखि सुमधुर सम्बन्ध राख्ने कि?

‘फूल’ दिएर होइन चोखो ‘मन’ दिएर गाँसिएको प्रेम पो दीगो हुन्छ, मिठो हुन्छ !

पछिल्लो समय नेपालमै यो दिवस मनाउनेको संख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेम भाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ ।

हरेकको मनमा प्रेम भाव अंकुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको जानकारहरु बताउँछन् ।

प्रेम दिवस मनाउनु गलत होइन तर व्यवस्थित गर्नु जरुरी रहेको गजलकार थकित यात्री बताउनुहुन्छ । ‘हाम्रो पालामा प्रेम दिवस मनाउने भन्ने खासै चलन थिएन । अहिले हाम्रो देशमासमेत यो दिवस मनाउन थालिएको छ । यो मनाउनु गलत होइन’, उहाँ भन्नुहुन्छ, ‘प्रेम दिवसका नाउँमा विभिन्न विकृति पनि भित्रिएका छन् । यसतर्फ सजग हुनुपर्छ । यसलाई व्यवस्थित गर्नु जरुरी छ ।’

बाटोमा हिँडेको जो - कोहीलाई हातमा गुलाब थमाउँदैमा सच्चा प्रेम हुन नसक्ने उहाँ बताउनुहुन्छ । ‘प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ’, उहाँले थप्नुभयो, ‘जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ, सच्चा प्रेममा ।’

विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको दोर्दी गाउँपालिका - २, भारतेका यात्रीले बताउनुभयो ।

‘एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार कहाँ चल्छ र !,’ उहाँ भन्नुहुन्छ ।

माया, प्रेम, मिलन विछोडका विषयमा थुप्रै गीत, गजल लेखेका यात्रीले प्रेम दिवसकै अवसरमा एउटा भावना सुनाइहाल्नुभयो,

पहाड पनि हिमाल बन्छ हिउँले ढाकेपछि
ढुंगा पनि मुटु बन्छ दिलमा राखेपछि ....

सच्चा प्रेमले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुन्छ । हुनुपर्छ ।
तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ ‘फेक लभ’ गर्नेहरुको कमी छैन । यसो हुनु राम्रो होइन ।

अतः ‘फूल’ विभिन्न ‘उपहार’ दिएर गाँसिएको प्रेमभन्दा चोखो ‘मन’ले गाँसिएको प्रेम पो मिठो हुन्छ । दीगो हुन्छ ।

भ्यालेन्टाइन्स डे मनाउन नहुने ८ कारण

फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे । यो दिनलाई मायाँ ब्यक्त गर्ने दिनकोरुपमा नेपालमा प्रणय दिवस पनि भनिन्छ । मानिसहरु यो दिनमा प्रेम ब्यक्त गर्ने गर्छन् त्यसका लागि फरक फरक स्थानमा जोडीहरुको भिड नै लाग्छ । तर जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ तपाइँले भ्यालेन्टाइन्स डे मनाउन नहुने ८ कारणबारे चर्चा गरिएको छ ।

पुलिसको खतरा
भ्यलेन्टाइन्स डे मा तपाइँ एकान्त खोज्दै कतै जानु हुन्छ । तर पुलिसलाई भने भ्यालेन्टाइन्स डेमा तपाइँ जस्तै जोडीले कतिबेला एकान्तमा गएर उनीहरुकै शब्दमा आपत्तिजनक ब्यवहार गर्छन् भन्ने पर्खाइ हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकालाई चुम्दै गरेको समयमा पक्राउ पनि पर्न सक्नु हुन्छ । सके सम्म यस्ता डेटिङ भ्यालेन्टाइन्स डे भन्दा अन्य दिनमा गर्नुस् ।

पैसाको सर्वनाश
भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल वा रिसोर्ट चलाउनेहरुका लागि दशैं नै हो । अन्य दिन १०० रुपैयाँ पर्ने चिजलाई यो दिन ५०० रुपैयाँ पार्न सक्छन् उनीहरु । खानेकुरा देखि बस्ने ठाउँ सम्मको चार्ज भ्यालेन्टाइन्स डेकै लागि आकाशिएको हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकासँग यस्तो ठाउँमा जानु भो भने अर्को समस्या पैसा घटाउन आग्रह गर्न समेत अफ्ठेरो मान्ने अवस्थामा हुनु हुन्छ । पैसा जोगाउन चाहनु हुन्छ भने भ्यालेन्टाइन्स डे बाहेक अरु दिन नै खोज्नुस् प्रेम गर्नको लागि ।

फूलको मूल्य
भ्यालेनन्टाइन्स डेमा सबै भन्दा बढी विक्री हुने कुरा हो फूल । मानिसहरु प्रेम ब्यक्त गर्न फूल किन्छन् । तर भ्यालेन्टाइन्स डे फूल किन्नेका लागि भने सबै भन्दा गलत दिन हो । यो दिन फूल किन्नेले अरु दिन फुलसँगै खाजा खान पुग्ने पैसा फूलको लागि मात्र हाल्नु पर्छ । एक पटक सोंच्नुस् यति महंगो प्रेम गर्ने कि नगर्ने ।

मोटो हुनबाट बँच्नुस्
भ्यालेन्टाइन्स डेमा डेटिङ गएपछि तपाइँ चकलेट देखि केक सम्मका फ्याटी फुडबाट बँच्ने मौका पाउनु हुन्न । तर यस्ता खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिदैनन् र मोटोपन बढाउन कारक मानिन्छन् ।

लाइन बस्नु पर्छ
भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल, रिसोर्ट, पार्क सम्म पनि भिडम भिड हुन्छ । पहिले देखि नै भ्यालेन्टाइन्स डे स्किमका कारण छोइनसक्नु महंगो पनि । यस्ता ठाउँमा गएर लाइन बस्नु भन्दा प्रेम गर्ने साइत अरु नै जुराउनुस् ।
भिडबाट अलग
भ्यालेन्टाइन्स डै मा सबै जना फेसबुक स्ट्याटस देखि हरेक कुरामा भ्यालेन्टाइन्स डे मय बनेका हुन्छन् । तपाइँ यो दिन फरक बन्न सक्नु हुन्छ । तपाइँलाई १४ फेब्रुअरी बाहेक वर्षमा अरु दिन पनि छ नि प्रेम गर्नका लागि ।

आमा बाबुको आँखामा हेर्नुस्
बाबुको मुख हेर्ने दिन आयो । आमाको मुख हेर्ने दिन पनि गयो । तपाइँले सामान्यरुपमा मनाउनु भयो । तर भ्यालेन्टाइन्स डे मा भने भए नभएको पैसा खर्च गरेर अनेक हर्कत किन गर्नु हुन्छ ? एक पटक आमा बाबुको आँखामा हेर्नुस् प्रेमी वा प्रेमिकालाई जस्तै एक दिन मायाँ दिनुस् ।

 प्रेम एक दिनमा मात्र ब्यक्त हुन्छ
मानिसहरु भ्यालेन्सटाइन्स डेका लागि मरिहत्ते गर्छन् मानौ प्रेम गर्नका लागि अरु दिन नै छैन । खासमा भ्यालेन्टान्स डे मा मात्र अभिब्यक्त हुने प्रेम झुठो हुन सम्भावना प्रवल हुन्छ । प्रेम त जीवन भरीका लागि हो । किन एक दिन मात्र ? भ्यालेन्टाइन्स डेलाई वर्षमा एक मात्र प्रेम ब्यक्त गर्ने दिनकोरुपमा नमान्नुस् ।

‘भ्यालेन्टाइन दिवस’को बारेमा रोचक तथ्य

प्रणय दिवस वा प्रेम दिवस (Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्।

त्यसैले उनले राजाको आज्ञालाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ। तर, आजकाल भ्यालेन्टाइन दिवसलाई एक हप्ता अगाडिदेखि नै मनाइने गरिन्छ, जसलाई ‘भ्यालेन्टाइन सप्ताह’ भनिन्छ। फेब्रुअरी ७ देखि भ्यालेन्टाइन सप्ताह सुरु हुन्छ।

भ्यालेन्टाइन सप्ताहको सूची Valentine week List
७ फेब्रुअरी – गुफाफ दिवस 7th Feb - happy rose day
८ फेब्रुअरी – प्रश्ताव दिवस 8th Feb - happy propose day
९ फेब्रुअरी – चकलेट दिवस 9th Feb - happy chocolate day
१० फेब्रुअरी – टेड्डी दिवस 10th Feb - happy teddy day
११ फेब्रुअरी – वाचा दिवस 11th Feb - happy promise day
१२ फेब्रुअरी – अड्कमाल दिवस 12th Feb - happy hug day
१३ फेब्रुअरी – चुम्बन दिबस 13th Feb - happy kiss day
१४ फेब्रुअरी – भ्यालेन्टाइन दिबस 14th Feb - happy valentine's day

Anti Valentine Week List
15th Feb - happy slap day
16th - 2019 happy kick day
17th Feb - happy perfume day
18th Feb - flirting day
19th Feb - confession day
20th Feb - missing day
21st Feb - breakup day

भ्यालेन्टाइन दिवसको बारेमा रोचक तथ्यहरूः
  • नेपालमा सन् १९९० ताका देखि भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो। टेलिभिजन च्यानेलहरूबाट अन्तराष्ट्रिय मिडियाले यस पर्वको बारेमा प्रचार गर्न थालेपछि नै नेपालमा यो पर्व मनाउन थालिएको हो।
  • भ्यालेन्टाइन दिवसको लागि विश्वभरी १ अर्ब भन्दा बढि कार्डहरू आयात-निर्यात हुने गर्छन्। क्रिसमस पछिको सबैभन्दा बढि कार्ड आयात-निर्यात हुने पर्व भ्यालेन्टाइन नै हो।
  • मध्याकालीन समयमा, युवायुवतीहरूले चिट्ठाबाट आफ्नो भ्यालेन्टाइनको नाम थुत्ने गर्दथे। एक हप्तासम्म उनीहरूले उक्त नामलाई सबैले देख्ने गरी आफ्नो लुगाको बाहुलामा टाँसेर हिँड्ने गर्दथे।
  • सन् १८०० ताका, ‘रिचार्ड क्याडबरी’ले भ्यालेन्टाइन दिवसको लागि चकलेटको पहिलो बक्स निर्माण गरेका थिए।
  • विश्वभरीमा, भ्यालेन्टाइन दिवसको लागि फूल किन्ने ७३% व्यक्तिहरू पुरुष हुन्छन् भने २७% मात्रै महिलाहरू हुन्छन्।
  • रोमन धर्मसंस्कृतिका देवी ‘भेनस’को मनपर्ने फूल ‘गुलाफ’ थियो।
  • रातो गुलाफलाई ‘प्रेमको फूल’ मानिन्छ किनभने रातो रङ्गले बलियो रोमाञ्चक भावनालाई सङ्केत गर्दछ।
  • विश्वभरीमा हरेक वर्ष २,२०,००० प्रेमजोडीले भ्यालेन्टाइन दिवसको बेला बिहेको प्रस्ताव राख्ने गर्छन्।
  • हरेक भ्यालेन्टाइन दिवसको दिनमा, सेक्सपियरको रोमियो-जुलियटको शहर भेरोना (इटली)मा जुलियटको नाममा १,००० भन्दा बढि प्रेमपत्र पुग्दछ।
  • सन् २००७ मा फिलिपिन्समा ६,१२४ प्रेमजोडीहरूले सामुहिक चुम्बन गरेर गिनिज बुकमा नाम पनि लेखाएका थिए।
  • २१ औँ शताब्दीको सुरुवाततिर, इरानका पादरीहरूले भ्यालेन्टाइन दिवसलाई धर्मविरुद्ध भन्दै आलोचना गर्ने गर्दथे। त्यसपछि सन २०११ मा, भ्यालेन्टाइन सम्बन्धी कुनै पनि क्रियाकलाप गरे मृत्युदण्ड दिने घोषणा भएको थियो।

No comments:

Post a Comment