Covid-19 Update

Tuesday, February 19, 2019

एसएमएसबाटै लाइसेन्स प्रक्रियाको जानकारी


काठमाडौं - अब ड्राइभिङ लाइसेन्स प्रक्रियाबारेका जानकारी एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । ड्राइभिङ लाइसेन्स लिखित परीक्षाको नतिजादेखि स्मार्ट लाइसेन्स नवीकरण वा जारी भइसकेको वा भैनसकेको जानकारीसमेत एसएमएसबाट लिन सकिने व्यवस्था गरिएको हो ।
एसएमएसबाटै लाइसेन्स प्रक्रियाको जानकारी
यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्रबारे जानकारी लिन धाइरहनु पर्ने व्यस्थाको अन्त्य गर्दै स्पेरो एसएससँगको सहकार्यमा यससम्बन्धि एसएमएस सेवा सुरु गरेको हो । विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस प्रालिका प्रबन्ध निर्देशक अरविन्द साहले हालै एक कार्यक्रमकाबीच यो सेवा सुरु गरेका हुन् । सेवाको सुरुवात गर्दै महानिर्देशक ढकालले एसएमएसमार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको परिणाम कुर्दै गरेका र स्मार्ट ड्राइभिङ लाइसेन्स कुर्दै गरेका सेवाग्राहीलाई अब सूचना प्राप्त गर्न सहज हुने बताए ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन डब्लुटी लेखेर एक स्पेस छाडेर निवेदक (एप्लिकेन्ट) आइडी टाइप गरेर ३३००१ मा एसएमएस गर्न सकिनेछ । प्रक्रियामा रहेको स्मार्ट लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउनका लागि एलसी टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आइडी टाइप गरी ३३००१ मा एसएमएस पठाएमा लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ ।

चार वर्षअघि सुरु गरे पनि सरकारले स्मार्ट लाइसेन्स प्रक्रियालाई सहज भने बनाउन सकेको छैन । आवदेन दिएर पनि महिनौं पर्खनुपर्ने र कहिले जारी हुन्छ भन्ने समेत जानकारी नहुँदा सेवाग्राहीले सरकारमाथि आक्रोश पोख्दै आएका छन् ।

No comments:

Post a Comment