काठमाडौं - मौरीले डसेपछि
त्यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । अर्कोतिर, हामीलाई डस्ने मौरी पनि बाँच्दैन । अर्थात्,
डसेपछि मौरी पनि मर्छ । त्यसरी, कसैलाई डसेपछि
मौरी किन मरेको होला ? के त्यस्को ज्यान नै त्यसको खीलमा
हुन्छ ? हाम्रो मनमा यस्तो जिज्ञासा उठ्नु स्वभाविकै हो ।
आउनुहोस् यहाँ मौरी र त्यसको डसाई
तथा डसेपछि मौरी किन मर्छ ? भन्ने बारे सामान्य चर्चा गरौं
।
यस संसारमा सयौं किसिमका मौरीहरु
पाइन्छन् । तर सबै मौरीले टोक्दैनन् । हामीले देखिरहेको भोगिरहेको टोक्ने मौरी
भनेको मह बनाउने मौरी (Honey Bee) नै हो ।
मौरीको पेटको पुछारमा खील र त्यसलाई
ढाकेका अन्य अंगहरु हुन्छन् ।
डसेपछि मौरी किन मर्छ ? |
मौरीको त्ये खील अत्यन्तै जटील चीज
हो । किनभने मौरीले त्यही खीलले शत्रुलाई आक्रमर्ण गर्छ । अर्कोतिर त्यो खीलले
मौरीलाई अण्डा पार्न पनि मद्दत गर्छ । उपयोगिता हेर्ने हो भने, मौरीको उक्त खीलको काम नै अण्डा पार्नु हो ।
मौरीको खील काँडा जस्तो हुन्छ ।
तीनवटा टुक्रा मिलेर बनेको खीलको बीचमा नली जस्तो हुन्छ र यो खील दुईवटा अति
संवेदनशील, औंला जस्तो अंग (Projection) हुन्छ । त्यसै अंगको मद्दतले नै मौरीले आफुले डस्न चाहेको ठाउँमा आफ्नो
खील भएको अंग परे–नपरेको थाहा पाउँछ
मौरीले डस्दा, यसको तीखो खील बाहिरतिर धकेलिन्छ । त्यसैबेला, मौरीको
विष ग्रन्थीबाट खील गाडिएकै घाउमा विष पनि पर्छ । फलस्वरुप, डसेको
दुखाइ र विषको पोलाइ दुवैले डसिएको मान्छेलाई अति पीडा हुन्छ । मौरीको खीलले
भन्दा पनि त्यसको विषले बढी पीडा दिन्छ ।
मौरीले डसेको खील गाडिएपछि त्यो
सजिलै निस्कँदैन । फलतः जसै मौरी टोकेर उड्न खोज्छ, त्यसको खील र त्यो
जोडिएको अंग मौरीको जीउबाट चुडिनु पुग्छ र मौरी तत्कालै मर्छ ।
मौरीको खील हातले निकाल्न खोज्नु
हुँदैन । किनभने, हातले निकाल्न खोज्दा त्यहाँ
चुँडिएर रहेको मौरीको विष ग्रन्थी निचोरिएर झनै बढी विष घाउमा जान सक्छ । त्यसैले,
नंग काट्ने औजार वा अन्य त्यस्तै कुनै औजारहरुको मद्दतले मात्र
त्यसलाई हटाउनु पर्छ ।
No comments:
Post a Comment