Covid-19 Update

Tuesday, June 4, 2019

फुटबलका यी नियम विश्वभर परिवर्तन हुँदै

एजेन्सी - विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी (इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड) ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो ।

१. फ्रिकिक: आक्रमणका खेलाडी वालमा बस्न नपाइने

फ्रिकिक: आक्रमणका खेलाडी वालमा बस्न नपाइने
नयाँ नियमअनुसार फ्रिकिक लिने समयमा आक्रमण गर्ने टोली अथवा फ्रिकिक प्रहार गर्ने टोलीका खेलाडी वालमा बस्न पाइने छैन । नियममा लेखिएको छ, ‘जब ३ वा सोभन्दा बढी खेलाडीको वाल राखिएको छ भने आक्रमण टोलीका खेलाडी कम्तिमा १ मिटर टाढा बस्नुपर्ने छ ।’ यदि यो नियम नमानेको खण्डमा विपक्षी टोलीलाई फ्रिकिक प्रदान गरिनेछ । यो नियम ल्याउँदा अनावश्यक समय खेर फाल्ने र वाल बसेको खेलाडीबीच ठेल्ने प्रवृति पनि अन्त्य हुने विश्वास लिइएको छ ।

२. खेलाडी परिवर्तन: सबैभन्दा नजिकको लाइनबाट बाहिरिने
खेलाडी परिवर्तन: सबैभन्दा नजिकको लाइनबाट बाहिरिने
नयाँ नियमअनुसार अब खेलाडी परिवर्तन हुँदा बाहिर निस्कने खेलाडीले आफूबाट मैदानको जुन भाग नजिक छ, त्यहिँबाट बाहिरिने उल्लेख गरिएको छ । नियममा लेखिएको छ, ‘बाहिर निस्कने खेलाडीले सबैभन्दा नजिक स्थानबाट मैदान बाहिर जानुपर्छ ।’ लामो समयदेखि खेलको समय खेर फाल्ने हेतुले गरिंदै आएको खेलाडी परिवर्तन समस्यालाई यसले केहि हदसम्म सुल्झाउने छ ।

३. प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड
प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड
यस नियम अनुसार प्रशिक्षकले टचलाइनमा खेलभावना विपरित रेफ्री वा खेलाडीलाई फरक व्यवहार गरेमा रेफ्रीले रातो र पहेंलो कार्ड देखाउनेछन् । यदि टचलाइनमा एक वा सोभन्दा बढी व्यक्तिबीच झगडा भएर रेफ्रीले पहिचान गर्न नसकेमा मुख्य प्रशिक्षकले कारवाही भोग्नुपर्नेछ ।

४. पेनाल्टी: गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ
पेनाल्टी: गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ
पछिल्लो समय पेनाल्टी लिने बेलामा गोलरक्षकको भूमिकालाई लिएर निकै विवाद उत्पन्न हुँदै आएको छ । यसलाई साम्य पार्न नयाँ नियमले केहि सहयोग पुर्याउनेछ । नियमअनुसार गोलरक्षकले पेनाल्टीको समयमा पोस्ट र क्रसबार छुन पनि पाउने छैनन् । साथसाथै गोलरक्षकको एउटा खुट्टा गोललाइनमाथि अथवा भित्र भएको हुनुपर्नेछ ।

५. ह्यान्डबल: आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने
ह्यान्डबल: आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने
यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ र खेलाडीलाई बलको अवस्था र स्थितिबारे जानकारी छैन भने उक्त गोल मान्य हुने छैन । यस्तो अवस्थामा विपक्षी टोलीले फ्रिकिक प्राप्त गर्ने नियममा उल्लेख गरिएको छ । यस नियमले भने निकै विवाद उत्पन्न गर्न सक्ने देखिएको छ ।

६. ड्रप बलमा दुवै टोली सामेल नहुने
ड्रप बलमा दुवै टोली सामेल नहुने
अबदेखि ड्रप बलमा दुवै टोलीका खेलाडीले बल खोस्न प्रतिस्पर्धा गर्नुपर्ने छैन । नया नियमअनुसार खेल रोकिनुअघि अन्तिम पटक जुन टोलीले बल छोएको छ त्यसै टोलीका खेलाडीलाई बल चलाउन दिइनेछ । यदि पेनाल्टी क्षेत्रभित्र खेल रोकिन्छ भने त्यसै टोलीको गोलरक्षकले बल चलाउन पाउने छन् । यस अवस्थामा बल चलाउने खेलाडीभन्दा दुवै टोलीका अन्य खेलाडी ४ मिटर टाढा बस्नुपर्ने छ ।

७. गोल किक र फ्रिकिक १८ यार्ड बक्स नकाटेपनि हुने

यसअघि गोलरक्षकले गोलकिक प्रहार गर्दा १८ यार्डको पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम थियो । त्यसअघि अन्य खेलाडीले बल छोएमा फेरी प्रहार गर्नुपर्ने थियो । तर नयाँ नियमअनुसार गोलकिक प्रहार गर्दा पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम हटेको छ ।

८. गोल हुने खतरामा ब्याक पास समाउन पाउने

यसअघिको नियममा गोलरक्षकले ब्याक पास समाउन पाउने थिएनन् । तर नयाँ नियम अनुसार आफ्नो खेलाडीले दिएको ब्याक पास नियन्त्रण गर्न खोज्दा गोल हुने सम्भावना भएमा गोलरक्षकले बल समाउन पाउनेछन् । गोल हुने खतरा भएको अवस्थामा मात्र यो लागु हुनेछ ।

रु. १००० को नक्कली नोट कसरी छुट्याउने।

काठमाडौं - राष्ट्र बैंकले सर्वसाधारणका लागी विभिन्न दरका नेपाली नोटमा रहेका सुरक्षण बिशेषताहरु सम्बन्धी जानकारी मूलक सामाग्री आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ। नक्कली नोटको कारोबार बाट बच्नलाई तलको जानकारी महत्वपूर्ण छ।

तल देखाइएको १००० रुपैयाको नोटको नमुनामा अग्रभाग र पृष्ठभागमा रहेको १) पानीछाप, २) NRB को अंश, ३) सुरक्षण धागो र ४) Intaglio print को आधारमा कसरी नक्कली नोट कारोबार बाट सुरक्षित हुन सकिन्छ भनेर जानकारी दिइएको छ।
रु. १००० को नोटको सुरक्षण विशेषता

रु. १००० को नोटको सुरक्षण विशेषता

(१) पानीछाप (Water Mark)
- नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
- उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट

(२) See Through Register 
- Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।
- नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

(३) सुरक्षण धागो (Security Thread )
- सुरक्षण धागोमा NRB र उक्त NRB को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ ।
- नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
- नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
- उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

(४) Intaglio Print 
- नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपालसरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन्।
- उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।


रु. ५०० र रु. १०० को नक्कली नोट कसरी छुष्याउने भनेर पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

रु. ५०० को नोटको सुरक्षण विशेषता
रु. ५०० को नोटको सुरक्षण विशेषता
रु. ५०० को नोटको सुरक्षण विशेषता
 रु. १०० को नोटको सुरक्षण विशेषता
रु. १०० को नोटको सुरक्षण विशेषता


रु. १०० को नोटको सुरक्षण विशेषता